६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा घरेलु कामदारसम्बन्धी नयाँ कानुन जारी, नेपालीहरुलाई पनि राहत

९ भाद्र २०७४, शुक्रबार ०२:०२

भदौ ९, काठमाडौं । कतारले घरलु कामदारका थप सुरक्षा र अधिकार प्रत्याभूति गर्न नया“ कानुन जारी गरको छ ।

नयाँ कानुनले नेपालले घरलु कामदारकोसुरक्षा लागि तयार गरको घरलु कामदार निर्देशिकाका अधिकांश विषयलाई सम्बोधन गरको छ । कतारका अमिर सेख तमिम न हमाद अल–थानीलेमंगलबार ‘घरलु कामदारकोकानुन नम्बर १५–२०१७’ लालमोहर लगाई जारी गरका हुन् । योकानुनलेघरलु कामदारका रूपमा कार्यरत पुरुष र महिला दुवैलाई सम्बोधन गरको छ । 

घरलु कामदारलाई श्रम कानुन नलाग्ने भएकाले यो छुट्टै कानुन ल्याइएको हो । नयाँ कानुनमा घरलु कामदारलाई वर्षमा तीन साताको उपदान दिनुपर्ने, सातामा एक दिन बिदा दिनुपर्ने र बिदामा काममा लगाउन नपाउने, बस्नेसुरक्षित आवास दिनुपर्ने, बिरामी बिदा दिनुपर्ने, दिनमा आराम गर्ने सुविधा दिनुपर्ने,

महिना समाप्त भएको तीन दिनभित्र बैंकबाट तलब दिनुपर्ने वा तलब दिएकोरसिद दिनुपर्ने, कामदारलाई राम्रोव्यवहार गर्नुपर्ने, लत्ताकपडा र औषधि उपचारकोसुविधा दिनुपर्ने उल्लेख छ ।

नया“ कानुनलेघरलु कामदारको हातमा करारपत्र दिनुपर्ने व्यवस्थ गरको छ । कतारकोप्रशासन विकास, श्रम र सामाजिक मामिला मन्त्रालयबाट करारपत्र प्रमाणित गर्नुपर्ने भएकोछ । मन्त्रालयबाट करारपत्र प्रमाणित गरपछिे मात्रैकामदार अनुमति प्राप्त म्यानपावरबाट कामदार ल्याउन पाउनेछ । करारपत्र कामदार, मालिक र मन्त्रालयमा रहने भएको छ । 

करारपत्र अरबी र अंग्रेजीमा हुनेछ । नयाँ कानुन जारी भएपछि उँटको हेरचाह, खेतीकिसानी गर्ने, घरको ड्राइभर, घरमा खाना पकाउने र हेराली र बगैंचामा काम गर्ने नेपालीसहित विदेशी कामदारलाई लाभान्वित हुने भएका छन् । यी क्षेत्रमा हाल कतारमा कम्तीमा ५० हजार नेपाली कार्यरत छन्।

नया“ कानुनअनुसार १८ देखि ६० वर्ष मुनिकालेघरलु कामदारका रूपमा गर्न पाउनेछन् । नेपालमा महिलाकोउमेर २४ वर्ष पुगेका र उनीहरूका बच्चा दुई वर्षकोउमेर भएकालाई मात्रै काम गर्न दिने नियम छ ।

कतारलेतलब कामदार र रोजगारदाताबीचको समझदारीअनुसार तय हुने व्यवस्था गरको छ । नेपालमा घरलु कामदारकोलागि न्यूनतम तलब १ हजार रियाल (झन्डै३० हजार रुपैया) हुनुपर्ने नियम छ । कतारलेनया नियम जारी गरपछि घरलु कामदारसग सम्बन्धित छुट्टैश्रम सम्झौता गर्न नेपाललाई थप सजिलोभएकोछ । 

कतारसग औपचारिक क्षेत्रमा कार्यरत नेपाली कामदारकोविषयमा श्रम सम्झौता भए पनि त्योसमयसापेक्ष छैन । दुवैसरकार त्यसलाई पारिमार्जन गर्न तयार भए पनि नेपालको पहल कमजोर छ । नेपाललेघरलु कामदारसम्बन्धी श्रम सम्झौता नभएसम्म नयाँ कामदार जान प्रतिबन्ध लगाएकोछ भनेबिदामा आई पुनः फर्कन पनि रोक लगाएको छ । 

श्रम मन्त्रालयले श्रम सम्झौताका लागि परराष्ट्र मन्त्रालयमार्फत काम भइरहेकोदाबी गरको छ । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश