भदौ १४, अस्ट्रेलिया | अस्ट्रेलियास्थित नेपाली दूतावासले यहाँ रहेका अवैतनिक वाणिज्य दूतावासहरूसँगको सहकार्यमा नेपाल र नेपालीको हितमा गरिने विभिन्न महत्वाकांक्षी योजना योजना स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १४, अस्ट्रेलिया | अस्ट्रेलियास्थित नेपाली दूतावासले यहाँ रहेका अवैतनिक वाणिज्य दूतावासहरूसँगको सहकार्यमा नेपाल र नेपालीको हितमा गरिने विभिन्न महत्वाकांक्षी योजना योजना स"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलिया दूतावासले ल्यायो नेपाल र नेपालीका लागि यस्ता योजना

१४ भाद्र २०७४, बुधबार ०४:१७

भदौ १४, अस्ट्रेलिया | अस्ट्रेलियास्थित नेपाली दूतावासले यहाँ रहेका अवैतनिक वाणिज्य दूतावासहरूसँगको सहकार्यमा नेपाल र नेपालीको हितमा गरिने विभिन्न महत्वाकांक्षी योजना योजना सार्वजनिक गरको छ ।

क्यानबेरास्थित दूतावासमा मंगलबार आयोजना गरिएको राजदूत र अवैतनिक वाणिज्यदूतहरूसँगको परामर्श बैठकमा ‘नेपाल अस्ट्रेलिया ट्रेड तथा कमर्स टिम’ स्थापना गर्नेलगायत निर्णय गरिएको छ । दूतावासद्वारा जारी विज्ञप्तिमा उक्त टिमले नेपाल र अस्ट्रेलियाबीच व्यापार, वाणिज्य तथा लगानीका अवसरको विस्तारका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ । यसैगरी विद्यार्थीहरूको हितका लागि कल्याणकारी कार्यक्रम ल्याउने, नेपालको उत्पादन र उद्योग तथा व्यवसाय प्रवद्र्धन गर्न आर्थिक सम्मेलन गर्ने लगायत योजना सार्वजनिक गरिएका छन्।

नेपाल र अस्ट्रेलियाका सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने, सांस्कृतिक कार्यक्रम आदानप्रदान मार्फत द्विदेशीय सम्बन्ध अझ मजबुत बनाउन पहल गर्ने, गैरआवासीय नेपाली संघ (एनआरएन) तथा शैक्षिक परामर्शदातासँगको सहकार्यमा विद्यार्थी कल्याणकारी कोष स्थापना गर्ने लगायतका योजना छन्। 

यसैगरी दुई देशबीचमा उच्चस्तरीय राजनीतिक, शैक्षिक र व्यापारिक भ्रमण आदानप्रदानको पहल गर्ने निर्णय गरिएको छ । बैठकमा न्यु साउथ वेल्स र भिक्टोरियाका अवैतनिक महावाणिज्यदूतहरू दीपक खडका र चन्द्र योञ्जन तथा दक्षिण अस्ट्रेलिया, वेस्टर्न अस्ट्रेलिया र क्युन्सल्यान्डका अवैतनिक वाणिज्यदूतहरू क्रमशः दीपक धमला, फ्रेडरिक नील ब्राउन र जोसेफ एन्थोनी टुमा सहभागी थिए । – कान्तिपुर दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह