१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन सार्ने प्रस्ताव लिएर मन्त्री शीतलनिवास पुगेपछि…

२४ आश्विन २०७४, मंगलवार ०२:४२

असोज २४, काठमाडौँ । सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन २१ मंसिरमा एकै चरणमा गर्ने अनौपचारिक प्रस्ताव गरेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत त्यस्तो प्रस्ताव गरेका हुन् । तर, राष्ट्रपति भण्डारीले निर्वाचन सार्दा गलत सन्देश प्रवाहित हुने भन्दै सरकारलाई सचेत गराएकी छिन् ।

निर्वाचन एकै चरणमा गर्ने प्रधानमन्त्रीको सन्देश लिएर अर्थमन्त्री कार्की शनिबार बेलुका शीतलनिवास पुगेका थिए । ‘अहिले दलहरू आन्तरिक गठबन्धनमा लागेकाले उम्मेदवार चयनका लागि पनि समयको दबाब परेको अवस्था छ, त्यसकारण समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन कम्तीमा पाँच दिन सार्नुपर्नेजस्तो देखिन्छ,’ राष्ट्रपतिसमक्ष अर्थमन्त्रीले राखेको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो, ‘यो अवस्थामा १० मंसिरका लागि तोकिएको पहिलो चरणको निर्वाचन स्थगित गरेर २१ गते एउटै चरणमा गर्दा कत्तिको उपयुक्त हुन्छ ?’

जवाफमा राष्ट्रपति भण्डारीले सबै दल र निर्वाचन आयोगको सहमतिविना सरकारले निर्वाचनको मिति सार्दा गलत सन्देश जाने बताएकी थिइन् । सरकारले हिमाली र उच्च पहाडी ३२ जिल्लामा पहिलो चरणमा १० मंसिर तथा अन्य पहाडी र तराईका जिल्लामा दोस्रो चरणमा २१ मंसिरमा निर्वाचन गर्ने घोषणा गरेको छ । तर, तयारीका लागि समय अभाव देखाउँदै प्रधानमन्त्री देउवाले अर्थमन्त्री कार्कीमार्फत एउटै चरणमा निर्वाचन गर्ने प्रस्ताव राष्ट्रपतिसम्म पु¥याएका हुन् ।


राष्ट्रपतिनिकट स्रोतले अर्थमन्त्री कार्कीले सरकारका तर्फबाट १० मंसिरको निर्वाचन सार्ने सन्देश आए पनि परिपक्व ढंगबाट प्रस्तुत नभएको जनाएको छ । ‘उहाँले कुरा राख्नुभएकै हो, तर सरकार प्रमुखको हैसियतमा प्रधानमन्त्रीको धारणा नआएका कारण त्यसलाई अहिले नै परिपक्व प्रस्ताव मानिहाल्न मिल्दैन,’ स्रोतले भन्यो । प्रधानमन्त्री देउवाका विश्वासपात्र मानिने अर्थमन्त्री कार्की राष्ट्रपति भण्डारीका पारिवारिक नातेदारसमेत हुन् ।

सहमतिविना सार्ने काम गलत : राष्ट्रपति

अर्थमन्त्री कार्कीले निर्वाचन सार्ने विषयमा सुझाब लिने प्रयास गरेपछि राष्ट्रपति भण्डारीले विनासहमति सरकारले एकतर्फी रूपमा मिति सार्दा गलत सन्देश जाने भन्दै सचेत गराएकी थिइन् । ‘निर्धारित मितिका लागि तोकिएको निर्वाचन सार्ने कुरा संवेदनशील हुन्छ, त्यसका लागि पहिले सरकारमा रहेका दल र विपक्षी दलहरूको पनि सहमति चाहिन्छ, निर्वाचन आयोगले पनि सहमति दिनुपर्छ,’ राष्ट्रपति भण्डारीको भनाइ थियो, ‘अहिलेको अवस्थामा एकतर्फी रूपमा चुनावको मिति सार्दा गलत सन्देश जान्छ ।’

यस्तो छ राष्ट्रपतिसमक्ष अर्थमन्त्रीको प्रस्ताव (ज्ञानेन्द्रबहादुर कार्की, अर्थमन्त्री)

अहिले दलहरू आन्तरिक गठबन्धनमा लागेकाले उम्मेदवार चयनका लागि पनि समयको दबाब छ । समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन कम्तीमा पाँच दिन सार्नुपर्नेजस्तो देखिन्छ । यो अवस्थामा १० मंसिरका लागि तोकिएको पहिलो चरणको निर्वाचन स्थगित गरेर २१ गते एउटै चरणमा गर्दा कत्तिको उपयुक्त हुन्छ ?

चुनाव सार्ने छलफल भएको छैन (यज्ञबहादुर थापा, कानुनमन्त्री)

कानुनमन्त्री यज्ञबहादुर थापाले भने निर्वाचनको मिति सार्ने विषयमा सरकारले अहिलेसम्म कुनै गृहकार्य नगरेको दाबी गरे । ‘सरकार चुनाव गराउने तयारीमै लागेको छ, मिति यताउति हुनेगरी सार्ने विषयमा अहिलेसम्म केही पनि छलफल भएको छैन, उनले भने, ‘चुनाव सर्दैन ।’ -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन