२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थलमा गम्भीर लापरवाही, हातले छामेर सुरक्षा जाँच

२०७४, २५ आश्विन बुधबार ००:५६

असोज २५, काठमाडौँ । विराटनगर विमानस्थलमा डेढ महिनादेखि एक्सरे मेसिनले काम गर्न छाडेको छ । 

विराटनगर विमानस्थलका दुईवटा मेसिनले यात्रुका सरसामान राख्ने ह्यान्ड ब्याग र लगेज परीक्षण गर्ने व्यवस्था थियो । तर अत्याधुनिक कम्प्युटराइज्ड प्रविधिको मेसिन बिग्रिएपछि हातले खानतलासी गर्नुपर्ने बाध्यता भएको छ ।

विमानस्थल भएर यात्रा गर्ने तथा तिनका सामान सुरक्षाकर्मीले हातले खानतलासी गर्न थालेका छन् । यसबाट यात्रुले सास्ती खेप्नुपरेको छ । सुरक्षाकर्मीलाई पनि अतिरक्त समय लिएर सुरक्षा जाँच गर्ने झन्झट भएको छ । मेसिन बिग्रदा सुरक्षा चुनौती थपिनुका साथै यात्रु, सुरक्षाकर्मी र विमानस्थल प्रशासनलाई समेत कठिनाइ भएको विराटनगर विमानस्थलका प्रमुख सुरेशमान सिंहको भनाइ छ ।

‘गत साउन २८ गते आएको बाढीले मेसिन डुबाएपछि कामै नलाग्ने गरी बिग्रिएपछि हातले खानतलासी गर्नुपर्ने अवस्था आएको हो। यात्रुको चाप र लगेजको अधिक संख्याका कारण जाँच गर्न निकै समय लाग्ने गरेको छ', उनले भने। हातले खानतलासी गर्नुपर्ने भएकाले यात्रुले तोकिएको समयभन्दा अगाडि नै विमानस्थल आउनुपर्ने बाध्यता सिर्जना भएको उनले बताए । बाढीले विराटनगर विमानस्थल डुबाउँदा दुई सातासम्म उडान अवरुद्ध भएको थियो।

शरीरको सुरक्षा जाँचसँगै ब्याग र लगेज पनि खोलेर सुरक्षाकर्मीलाई देखाउनुपर्दा समय धेरै लाग्ने र झन्झट हुने गरेको विराटनगरबाट काठमाडौं जान लागेका महेश आचार्यले गुनासो गरे। ‘पहिले मेसिनमा राखेपछि एकैपटक धेरै झोला चेकजाँच गराउन कुनै झन्झट थिएन', उनले भने, ‘अहिले लाइनमा बसेर पालो कुर्नुपर्छ, धेरै दुःख छ।' बिग्रिएका मेसिन मर्मत गर्न अथवा नयाँ जडान गर्न सरकारले ढिला गर्न नहुने उनको भनाइ छ।

विराटनगर विमानस्थलबाट पाँच हवाई कम्पनीका १४ उडानबाट दैनिक ६ सय यात्रुले काठमाडौँ तथा पूर्वी पहाडी जिल्लाको यात्रा गर्छन्। विमान कम्पनीको एकै समयमा उडान तालिका हुने हुँदा घण्टौँसम्म लाइनमा बसेर झोला तथा सुटकेस प्रहरीलाई देखाउनुपरेको यात्रु नगेन्द्र लुइँटेलले बताए। ‘प्रत्येक झोलाका सामान खोतलेर देखाउँदा समस्या हुने रहेछ', उनले भने।


मेसिन बिग्रिएको दुई महिना बित्न लाग्दासमेत नयाँ मेसिनको प्रबन्ध हुन नसकेको विमानस्थल प्रशासनको भनाइ छ। कानुनी रूपमा नयाँ मेसिन खरिद गर्न केही झन्झटिलो व्यवस्था भए पनि त्यति समयका लागि वैकल्पिक व्यवस्था गर्न नागरिक उड्यान प्राधिकरणलाई पत्राचार गरिसकिएको विराटनगर विमानस्थलका प्रमुख शुरेशमान सिंहले जानकारी दिए। ‘सुरक्षा जाँचमा प्रयोग हुने दुईवटै मेसिन थन्किएका छन्', उनले भने।

विद्युतीय उच्च प्रविधियुक्त मेसिन काम नलाग्ने भएपछि विराटनगर विमानस्थलबाट बाहिरिने यात्रुलाई विशेष सुरक्षा निगरानीमा राखेर जाँच गर्न थालिएको विमानस्थलमा खटिएको प्रहरीले जानकारी दिएको छ। विराटनगरसँग जोडिएको भारतीय नाकाबाट अवैध सामान राजधानी नभित्रियोस् भनेर प्रहरीको टोली तैनाथीमा छ । -अन्नपूर्ण पोष्ट दैनीकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता