२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौचन हत्या प्रकरणः को थियो हत्यारा ?

२०७४, २५ आश्विन बुधबार ०१:१९

असोज २५, काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हतयाको एक दिन वितिसक्दा पनि प्रहरीले अपराधीबारे कुने सुँईको पाउन सकेको छैन ।

सोमबार दिउँसो घरबाट गाडी चढेर निस्केको गौचनको अज्ञात समहुले गोली हानी हत्या गरेको थियो । गोली हानेलगत्तै दुई युवा मोटरसाईकल चढी बेपत्ता भएका थिए । प्रहरीले गौचनको हत्यामा सार्व सुटरको प्रयोग भएको हुन सक्ने अनुमान गरेको छ । 

छाती र पेटमा लगातार तीन गोली प्रहार भएलगत्तै अचेत भएका गौचनको अस्पताल नपुग्दै मृत्यु भएको थियो । असुली धन्दामा सक्रिय गुन्डा समूहबाट चन्दा नदिएको निहुँमा हत्या गरेको हुन सक्ने अनुमान गरिए पनि हत्याको विन्दुसम्म पुग्नुअघि समूहले गौचनलाई कसरी सताएको थियो भन्नेबारे प्रहरीले पत्तो पाएको छैन । 

गुलाबी रंगको टिसर्ट र हेल्मेट लगाएका अधबैंसे युवाले हत्या गरेको भन्ने सूचनाबाहेक अपराधीबारे कुनै जानकारी छैन । प्रहरीले गौचनको मोबाइल संवाद र एसएमएस डिटेल केलाएर घटनामा कसको संलग्नता थियो भनेर पत्ता लगाउने प्रयास थालेको छ । 

हत्यामा भारतमा बसेर व्यवसायीसँग चन्दा असुली गरिरहेको मनोज पुन समूहको संलग्नताको आशंका गरिए पनि यसको पनि कुनै भरपर्दो आधार फेला परिसकेको छैन ।  गत वर्ष व्यवसायी एवं युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरेपछि पुनको समूह चर्चामा आएको थियो ।

उनको समूहमा काठमाडौंको बाफल क्षेत्रमा प्रभाव जमाएका भनिएका समीरमान बस्नेत, तिब्बती शरणार्थीका रूपमा भारतको धर्मशालामा बस्ने लोप्साङ लामा छन् । गौचनको हत्यालगत्तै लोप्साङले केही प्रहरी अधिकारीलाई फोन गरेर घटनाको जिम्मेवारी लिएको स्रोतले जनायो । यही समूहले सोमबार अन्य केही निर्माण व्यवसायीलाई पनि इन्टरनेट कलमार्फत धम्की दिएको सूचना प्रहरीमा पुगेको छ ।

गत चैतमा गौरीघाटको एक फिटनेस क्लबमा रहेका गुन्डा दावा लामामाथि गोली हानेको घटनामा पनि लोप्साङले जिम्मेवारी लिएका थिए । लामा र गौचन दुवैमाथि उस्तै प्रकृतिले गोली हानिएकाले पनि प्रहरीले पुनको समूहको संलग्नता हुन सक्ने प्रारम्भिक अनुमान गरेको हो । -कान्तिपुर दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता