२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकपछि अर्को ‘हाइप्रोफाइल’ हत्या, असुरक्षित बन्दै काठमाडौं

२०७४, २५ आश्विन बुधबार ०२:१२

असोज २५, काठमाडौँ । मिडिया उद्यमी जमिम शाहलाई लाजिम्पाटमा गोली हानी हत्या गर्दा काठमाडौंको सुरक्षा व्यवस्थामाथि ठूलै चुनौती थपियो । अनुसन्धान गर्दै जाँदा भारतीय अन्डरवल्र्ड अपराधीको संलग्नता खुलेपछि प्रहरी झन् आत्तियो ।

नेपालले सहजै भारतलाई अपराधी बुझाउँदै आए पनि नेपाली पक्षले भारतसँग नाम खुलेका अभियुक्त बुझाइदिन आँट गर्न सकेन । व्यस्त सडकमा शाहलाई गोली प्रहार गरी मोटरसाइकलमा भागेका दुई अभियुक्त पक्राउ गर्न नेपाल प्रहरी निरीह बन्यो । नेपाल प्रहरीकै बहालवाला र पूर्वप्रहरी अधिकृतको मिलेमतोमा ०६४ माघ २४ मा शाहको हत्या सम्भव बनेको तत्कालीन समयमा प्रहरी अनुसन्धानबाटै खुल्यो ।

०६७ फागुन २६ मा केन्द्रीय कारागार सुन्धारामा रहेका युनुस अन्सारीमाथि हत्या प्रयास भयो । भारतीय नागरिक मनमित सिंह भाटियाले प्रहरीकै मिलेमतोमा हतियार लुकाएर लैजान सम्भव भएका थिए । 

नक्कली भारतीय नोटको तस्करीमा अन्सारीको मिलेमतो रहेको भन्दै उनको ‘सफाया’ गर्न भाटियालाई पैसा दिएर अन्डरवल्र्ड समूहले नेपाल पठाएको थियो । भाटियाले बयानमा अझै केही नेपाली निशानामा रहेको उल्लेख गरेका थिए ।

शाहको हत्या गर्ने मुख्य अभियुक्त पक्राउ नपरे पनि अन्सारीको हत्या प्रयास गर्ने अभियुक्तलाई घटनास्थलमै पक्राउ गर्दा प्रहरी दंग पर्यो । सुरक्षा घेरामा रहेको कारागारभित्र हत्या प्रयासका अभियुक्त पक्राउ नगरेको भए प्रहरी झन् लज्जित मात्रै नभएर मुलुकको सुरक्षा संयन्त्र उदांगिन्थ्यो । शाहका समर्थक र सर्वसाधारणले उनको हत्या बिर्सिसकेको अवस्था र अन्सारी हत्या प्रयासका अभियुक्त पक्राउ परेपछि ढुक्कसँग बसेको प्रहरीमाथि अर्को घटना आइलाग्यो ०६८ असोज ९ गते ।


इस्लामिक संघ नेपालका महासचिव फैजान अहमदको गोली प्रहार गरी हत्या गरियो घन्टाघरअगाडि । घटनास्थल महानगरीय प्रहरी कार्यालयसँगै थियो । तैपनि, प्रहरीले गोली प्रहार गर्ने अभियुक्त पक्राउ गर्न सकेन । 

भारतीय अन्डरवल्र्ड अपराधी छोटा राजन समूहको निर्देशनमा बब्बु भनिने त्रिलोकविक्रम सिंहको निर्देशनमा आदित्य पल र फहद आलमले काठमाडौं आई फैजानलाई गोली हानेर फरार भएका थिए । प्रहरीले उक्त घटनामा ट्याक्सी चालकलाई मात्रै पक्राउ गर्न सफल भएको थियो ।

यो घटनापछि काठमाडौंको सुरक्षा व्यवस्थाप्रति ठूलो आलोचना भयो अन्तर्राष्ट्रियस्तरमा । ०६९ जेठ १८ मा अर्को ‘हाईप्रोफाइल’ हत्याकाण्ड भयो सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको । यो घटनामा भने विदेशी आपराधिक समूहको संलग्नता नभएर स्वदेशकै अपराधीको संलग्नता थियो ।

प्रहरीले लामो समयको अनुसन्धानपछि घटनामा संलग्नलाई पक्राउ गर्यो । हतियारसहितका बडीगार्ड लिएर हिँडेका बममाथि खुला च्यालेन्ज गर्दै अपराधीले गोली प्रहार गरेका थिए ।

यी चार वटा घटनापछि सोमबार शान्तिनगरमा अर्को हाईप्रोफाइल मर्डर भयो । दसैं, तिहार र छठको एकीकृत सुरक्षा रणनीतिअनुसार सुरक्षाकर्मी परिचालन भएको जान्दाजान्दै पनि अपराधीले प्रहरीलाई खुला च्यालेन्ज गर्दै निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गरेर फरार भए । प्रहरीले घटना घटेको २४ घन्टा बित्दा पनि घटना कसले गराएको हो भन्ने आधिकारिक धारणा बाहिर ल्याउन सकेको छैन । अनुसन्धानका नाममा दुईवटा छुट्टाछुट्टै छानबिन समिति मात्रै बनाएको छ ।

एकपछि अर्को हत्याकाण्ड मच्चिरहँदा राजधानीको सुरक्षा अवस्था यति कमजोर किन भयो ? प्रहरी परिचालनमा के–कस्तो कमजोरी भयो ? प्रदेश र संघको चुनावको मुखमै सर्वसाधारण आतंकित हुने गरी गराइएको यो आततायी घटनाले मुलुकको शान्ति–सुरक्षा कुन तहमा छ भन्ने छर्लंग पारेको छ । 

नेपाल प्रहरीका एक पूर्व आईजीपी भन्छन्, ‘काठमाडौंको शान्ति–सुरक्षा कस्तो हुने भन्नेबारे प्रहरीको नेतृत्वमा पनि भरपर्छ । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता