२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड यसरी तास खेले !

२०७४, ५ कार्तिक आईतवार ०३:४६

कात्तिक ५, काठमाडौँ | दशै तिहार लगायतका चाडवाड भन्ने वित्तिकै पारिवारिक जमघट भएर दुख सुख बाड्ने काम नै हुन्छ। यस्ता चाडवाडमा परिवारका सदस्यहरु रमाइलोका लागि दशैंमा पिङ खेल्ने नाचगान गर्ने तिहारमा देउसी भ‌लौ खेल्ने गरिन्छ। कतिपयले रमाइलोका नाममा जुवातास खेल्ने गरेपनि त्यो कानुनी हिसावले वर्जित छ।कतिपयले घर परिवारका सदस्यहरुसँग बसेर पनि रमाइलोका लागि पनि जुवा तास खेल्ने गर्छन। विशेष गरि सहरी क्षेत्रमा पारिवारिक सदस्यहरु नै बसेर खेल्ने चलन नै भएको छ। यसलाई रमाइलोको रुपमा लिने चलन वढ्दै जाँदा शहरी भेगमा राजनीतिक नेतृत्वसम्म पनि तास खेलेका तस्विरहरु सामाजिक सञ्जालमा भेटिन थालेका छन्।


हारमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफ्ना परिवारका सदस्यहरुसँग बसेर तास खेलेको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। परिवारका सदस्यहरु छोरी, ज्वाई, नातिनी लगायतसँग तास खेल्न मग्न भएको प्रचण्डको तस्विर अहिले नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबीचमा चर्चामा रहेको छ। कतिपयले यो तस्विरलाई सामान्य रुपमा चाडवाडको बेला पारिवारिक रमाइलोको रुपमा मात्र लिएका छन् भने कतिपयले भने माओवादीले लिएको पुरानो नीतिसँग मेल नखाने घटनाको रुपमा टिप्पणी गरेका छन्।

माओवादी द्धन्दका क्रममा रमाइलोका लागि परिवारका सदस्यहरु मात्र बसेर खेल्दा पनि खेल्नेहरुलाई तास कोचाउने माओवादीका अध्यक्ष नै परिवारका सदस्यहरुसँग बसेर तास खेलेको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेर के सन्देश दिन खोजको कतिपयले प्रश्न गरेका छन्। नेपालका जुवाघरहरुलाई सबैभन्दा बढी संरक्षण गरेका माओवादी नेतृत्वले घरमै तास खेल्नु कुन आश्चर्य भयो भनेर टिप्पणी गर्नेहरु पनि सामाजिक सञ्जालमा छन्।

रमाइलोका लागि भएपनि प्रचण्डको यो तस्विरले माओवादीको कथनी र करणीमा धेरै फरक भन्नेहरुलाई थप टिप्पणी गर्न मसला दिएको छ। माओवादीको विगत र वर्तमानलाई तुलना गर्नेहरुले माओवादीहरु सबै कुरामा सभ्रान्तको सिको गर्दै आफूहरु स्खलित भएको टिप्पणी गर्छन प्रचण्डले परिवारका सदस्यहरुसँग रमाइलोकै लागि खेलेको भएपनि तस्विर सार्वजनिक गर्दा भने उनका आफन्तहरुले कत्ति पनि ध्यान नदिएको यो घटनाले देखाएको छ। नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने