१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड यसरी तास खेले !

५ कार्तिक २०७४, आईतवार ०३:४६

कात्तिक ५, काठमाडौँ | दशै तिहार लगायतका चाडवाड भन्ने वित्तिकै पारिवारिक जमघट भएर दुख सुख बाड्ने काम नै हुन्छ। यस्ता चाडवाडमा परिवारका सदस्यहरु रमाइलोका लागि दशैंमा पिङ खेल्ने नाचगान गर्ने तिहारमा देउसी भ‌लौ खेल्ने गरिन्छ। कतिपयले रमाइलोका नाममा जुवातास खेल्ने गरेपनि त्यो कानुनी हिसावले वर्जित छ।कतिपयले घर परिवारका सदस्यहरुसँग बसेर पनि रमाइलोका लागि पनि जुवा तास खेल्ने गर्छन। विशेष गरि सहरी क्षेत्रमा पारिवारिक सदस्यहरु नै बसेर खेल्ने चलन नै भएको छ। यसलाई रमाइलोको रुपमा लिने चलन वढ्दै जाँदा शहरी भेगमा राजनीतिक नेतृत्वसम्म पनि तास खेलेका तस्विरहरु सामाजिक सञ्जालमा भेटिन थालेका छन्।


हारमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफ्ना परिवारका सदस्यहरुसँग बसेर तास खेलेको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। परिवारका सदस्यहरु छोरी, ज्वाई, नातिनी लगायतसँग तास खेल्न मग्न भएको प्रचण्डको तस्विर अहिले नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबीचमा चर्चामा रहेको छ। कतिपयले यो तस्विरलाई सामान्य रुपमा चाडवाडको बेला पारिवारिक रमाइलोको रुपमा मात्र लिएका छन् भने कतिपयले भने माओवादीले लिएको पुरानो नीतिसँग मेल नखाने घटनाको रुपमा टिप्पणी गरेका छन्।

माओवादी द्धन्दका क्रममा रमाइलोका लागि परिवारका सदस्यहरु मात्र बसेर खेल्दा पनि खेल्नेहरुलाई तास कोचाउने माओवादीका अध्यक्ष नै परिवारका सदस्यहरुसँग बसेर तास खेलेको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेर के सन्देश दिन खोजको कतिपयले प्रश्न गरेका छन्। नेपालका जुवाघरहरुलाई सबैभन्दा बढी संरक्षण गरेका माओवादी नेतृत्वले घरमै तास खेल्नु कुन आश्चर्य भयो भनेर टिप्पणी गर्नेहरु पनि सामाजिक सञ्जालमा छन्।

रमाइलोका लागि भएपनि प्रचण्डको यो तस्विरले माओवादीको कथनी र करणीमा धेरै फरक भन्नेहरुलाई थप टिप्पणी गर्न मसला दिएको छ। माओवादीको विगत र वर्तमानलाई तुलना गर्नेहरुले माओवादीहरु सबै कुरामा सभ्रान्तको सिको गर्दै आफूहरु स्खलित भएको टिप्पणी गर्छन प्रचण्डले परिवारका सदस्यहरुसँग रमाइलोकै लागि खेलेको भएपनि तस्विर सार्वजनिक गर्दा भने उनका आफन्तहरुले कत्ति पनि ध्यान नदिएको यो घटनाले देखाएको छ। नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन