२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतदातालाई देउताको ‘कसम’: ‘वाचा तोडे देउता रिसाएर अनर्थ हुन्छ’

१० मंसिर २०७४, आईतवार ०२:२९

मङ्सिर १०, काठमाडौँ । चन्दननाथ नगरपालिका-१० की लक्ष्मी देवकोटाको घरमा कांग्रेस कार्यकर्ता मत माग्न पुगे । 

साँझको समयमा पुगेका उनीहरूले आफ्नो उम्मेदवारको पक्षमा मत हाल्न आग्रह गरे । देवकोटा परिवारले पनि आइतबार हुने निर्वाचनमा कांग्रेसलाई नै भोट हाल्ने आश्वासन दिए । यो खबर ललितबहादुर बुढा/गोविन्द देवकोटाले आजको अन्नपूर्णमा लेखेका छन्।

तर, उक्त आश्वासनमा कांग्रेस कार्यकर्तालाई विश्वास लागेन । उनीहरूले देवकोटाकै घरमा रहेको देउताको घन्ट छुन लगाए । देवकोटा परिवारले घन्ट छोएपछि मत दिने वाचा गराएर उनीहरू फिर्ता भए । आफूले पुज्ने देउताको घन्ट छोएपछि यो परिवारका सदस्यले वाचाअनुसार नै मतदान गर्ने भएका छन् । घरमुली लक्ष्मी देवकोटाले भने, ‘अघिल्लोपटक स्थानीय चुनावमा पनि घन्ट छुन लगाएका थिए । त्यसबेला पनि हामीले वाचाअनुसार नै भोट दियौं । यसपालि पनि हाम्रै गाउँका उम्मेदवार छन्, देउताको कसम खाइसकेकाले अब हामी दायाँ-बायाँ गर्दैनौं ।’

चन्दननाथ-८ निवासी हरिकला शाहीले सबै दलका मान्छे मोट माग्न आएको तर माओवादीका मान्छेले घन्ट छुवाएको बताइन् । ‘भोट त एउटालाई दिनै पर्ने हो, जितेर गएपछि हामीलाई नेताले चिन्दैनन्’, उनले भनिन्, ‘भोट माग्न त धेरै आए, सबैलाई हुन्छ भनेकै छौं तर माओवादीका मान्छेले घन्ट छुवाएका छन् ।

अब वाचा गरिसकेपछि धोका दिनु त भएन नि !’ उनले आफ्नो टोलका अधिकांशलाई नेताले देउता साक्षी राखेर भोट मागेको जानकारी दिइन् । ‘हामी देउतामा विश्वास गर्छौं, वाचा तोडेपछि देउता रिसाएर अनर्थ हुन्छ । त्यसैले भनेकै ठाउँमा छाप लगाउने हो, अरूले पनि त्यही गर्ने सल्लाह गरेका छन् ।’ स्थानीय तह निर्वाचनमा पनि दलहरूले घन्ट छुन लगाएर देउताको कसम खुवाएको उनले सुनाइन् ।

मौन अवधिका बेला मतदाताको घरदैलोमा पुगेका कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताले मतदातालाई देउताको कसम खुवाएर मत दिन वाचा गराएका छन् । कर्णालीका जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालिकोटका ग्रामीण क्षेत्रका मतदातालाई रिझाउन उम्मेदवार र तिनका कार्यकर्ताले विभिन्न उपाय अपनाउने गरेका छन् । यसपालिको निर्वाचनमा जुम्लामा अधिकांश उम्मेदवार र दलले आफ्नो पक्षमा मत खसाल्न मतदातालाई घरमै पुगेर उनीहरूले पुज्ने कुल देउताको कसम नै खुवाएका हुन् ।


जुम्लालगायत कर्णालीका जिल्लामा स्थानीय बासिन्दा आफ्नो कुल देउतामा विश्वास गर्छन् । स्थानीयले देउतालाई साक्षी राखेर खाएको कसम र गरिएको वाचाअनुसार नै काम गर्ने भएकाले पनि दलले यो उपाय अपनाएका हुन् । यहाँका मतदातालाई उम्मेदवार र तिनका कार्यकर्ता निर्वाचनको अघिल्लो दिनसम्म देउताको कसम खुवाउँदै मत माग्न व्यस्त देखिए । 

ग्रामीण क्षेत्रमा मात्र होइन, सदरमुकाम र नगरभित्रका मतदातालाई समेत दलहरूले घरमै पुगेर देउताको कसम खुवाएका छन् । देउताको कसम खाँदै मत दिने वाचा गरेका मतदाताले समेत वाचाअनुसार नै मत दिने विश्वास दललाई दिलाएका छन् । वाचाअनुसार काम नगर्दा देउता रिसाउने र अनर्थ हुने भन्दै वाचाअनुसार काम पूरा गर्ने स्थानीय बासिन्दा बताउँछन्।

आइतबार हुने निर्वाचनअन्तर्गत जुम्लामा वाम गठबन्धन र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । प्रतिनिधिसभाको एउटा र प्रदेशसभाका दुईवटा क्षेत्र रहेको जुम्लामा मौन अवधिको फाइदा उठाउँदै दलले मतदातालाई आकर्षित गरेका हुन् । वाम गठबन्धन जुम्लाका प्रचार सचिव राजकुमार शाहीले भने, ‘चुनाव जित्नकै लागि लड्ने हो, सबैले आ-आफ्ना उपाय लगाइरहेका छन् ।

यहाँको सामाजिक संरचनाअनुसार देउतामा विश्वास गर्नेको संख्या धेरै छ, मतदातालाई प्रभावित पारेर जित्न उम्मेदवारले घन्ट नै छुन लगाएका छन् ।’ उनका अनुसार घरदैलो अभियानमा रहेका दलका कार्यकर्ता र उम्मेदवारले घरमुलीलाई घन्ट छुवाउने गरेका छन् । घरमुलीको सल्लाहमा परिवारका अन्य सदस्यले मत खसाल्ने भएकाले पनि दलले घरमुलीलाई नै देउता साक्षी राखेर वाचा खुवाउने गरेका हुन् ।

यस्तै, उम्मेदवारहरू अन्तिम समयमा आएर स्थानीय धामी, झाँक्री र गाउँका अगुवाको शरणमा पुगेका छन् । स्थानीयले गाउँका धामीको विश्वास गर्ने र धामीले भनेको सहज रूपमा मान्ने भएकाले पनि यतिबेला उम्मेदवारहरू उनीहरूको शरणमा पुगेका हुन् । भोट बैंकका रूपमा रहेका धामी र गाउँका अगुवालाई प्रभावित बनाउँदै चुनाव जित्ने रणनीतिमा यहाँका उम्मेदवार लागेका छन् ।

स्थानीय तहको निर्वाचनको अनुभवका आधारमा आफूहरूले यसपालि पनि मतदातालाई रिझाउन देउता साक्षी राखेर मत मागेको एमालेका एक कार्यकर्ताले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई भद्रकालीको हिरासतमा राखिने, सोमबार अदालत हाजिर गरिने केरलामा दलित छात्रालाई सामूहिक बलात्कार, ६४ आरोपितमध्ये २० जना पक्राउ एनपीलगत्तै चन्द्र भण्डारीलेपनि गरे अध्यादेशको विरोध ओलीप्रति नेपालको कटाक्ष : अनुहार नै हेर्न मन लाग्दैन भन्नेहरू सत्ताका लागि मसँग दौडिएर आए ८४ को चुनावपछि मात्र कांग्रेस महाधिवेशन हुन्छ : शशाङ्क कोइराला रवि लामिछानेलाई फेरि पठाइयो हिरासत पाँच वर्षमा कृषि अनुदानमा १ खर्ब ७ अर्ब खर्च बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस हुने मकवानपुरमा दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा नेकपा एससँग एकता गर्न हच्किए वामदेव गौतम, अभियानको बैठक अनिर्णित आर्मीले जित्यो पहिलो खेल, पुलिससँग फाइनल खेल्ने पक्का जय ट्रफीमा आर्मीलाई मधेशले दियो २८ रनको लक्ष्य लोकसेवा आयोग, विद्युत् प्राधिकरण र शिक्षा मन्त्रालयविरुद्ध सर्वोच्चमा रिट दायर नेपालमा टी२०आई खेल्न आउने नेदरल्याण्ड्स महिला क्रिकेट टोलीको घोषणा जय ट्रफी एलिट कप क्रिकेट: रित र शुभको अर्धशतकमा बागमतीले दियो पुलिसलाई ११६ रनको लक्ष्य काठमाडौँ जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु सरकारले अध्यादेश ल्याउनु गलत, ओली एकलौटी अघि बढे : एनपी साउद दुई हजार करोड क्लबतर्फ लम्किँदै ‘पुष्पा-२’ कोलम्बियामा विमान दुर्घटना: १० जना मृत फेला, ५ जना एकै परिवारका