१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोप्य मतदान सार्वजनिक गरे के हुन्छ कारबाही ?

११ मंसिर २०७४, सोमबार ०१:५१

मंसिर ११, काठमाडौं आइतबार राजनीतिक दलका कतिपय नेता/कार्यकर्ताले आफूले कुन चिह्नमा मत हालेको भनेर फेसबुकमा तस्बिर सार्वजनिक गरे ।

उदाहरणका लागि नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ। उनले मतसंकेत गरेको मतपत्रको फोटो फेसबुकमा हालेका छन्। तामाङ एक उदाहरणमात्र हुन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

आफ्नो व्यक्तिगत एकाउन्टबाट आफ्नो राजनीतिक आस्था झल्काउन मतसंकेत गरेको फोटो प्रचार गर्नुलाई समान्य पनि भन्न सकिन्छ तर कानुनी हिसाबले हेर्ने हो भने यो दण्डनीय हो।

निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ९ मा मतसंकेत सार्वजनिक गर्न नहुने व्यवस्था छ। यसो गरेमा मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिबाना गर्न सक्ने व्यवस्था उपदफा २ मा व्यवस्था छ।

कानुनले समाजिक सञ्जालमा मतसंकेत सार्वजनिक गरे के हुने भन्ने विषयमा नबोले पनि मतसंकेत गरेको मतपत्र कसैलाई देखाउन वा सार्वजनिक गर्न नहुने स्पष्ट उल्लेख गरेको छ। ऐनमा मतसंकेत सार्वजनिक गरेको मतपत्र मतपेटिकामा नखसालेको भए मतगणना नहुने पनि उल्लेख छ।

हेर्नुस् कानुनी व्यवस्थाः


प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन र प्रदेशसभा सदस्य निर्वाचन ऐनमा कसैले मतसंकेत गर्ने क्रममा बढी समय लगाएमा मतदान अधिकृतले निरीक्षण गर्न सक्ने व्यवस्था छ।

दुबै ऐनको दफा ४३मा उल्लेख छ- ‘कुनै मतदाता मत सङ्केत गर्ने स्थानमा मनासिब समयभन्दा बढी समयसम्म बसेमा वा मतदान अधिकृतलाई कुनै शङ्का लागेमा निजले मत सङ्केत गर्ने स्थानमा प्रवेश गरी निरीक्षण गर्न सक्नेछ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण