२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोप्य मतदान सार्वजनिक गरे के हुन्छ कारबाही ?

२०७४, ११ मंसिर सोमबार ०१:५१

मंसिर ११, काठमाडौं आइतबार राजनीतिक दलका कतिपय नेता/कार्यकर्ताले आफूले कुन चिह्नमा मत हालेको भनेर फेसबुकमा तस्बिर सार्वजनिक गरे ।

उदाहरणका लागि नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ। उनले मतसंकेत गरेको मतपत्रको फोटो फेसबुकमा हालेका छन्। तामाङ एक उदाहरणमात्र हुन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

आफ्नो व्यक्तिगत एकाउन्टबाट आफ्नो राजनीतिक आस्था झल्काउन मतसंकेत गरेको फोटो प्रचार गर्नुलाई समान्य पनि भन्न सकिन्छ तर कानुनी हिसाबले हेर्ने हो भने यो दण्डनीय हो।

निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ९ मा मतसंकेत सार्वजनिक गर्न नहुने व्यवस्था छ। यसो गरेमा मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिबाना गर्न सक्ने व्यवस्था उपदफा २ मा व्यवस्था छ।

कानुनले समाजिक सञ्जालमा मतसंकेत सार्वजनिक गरे के हुने भन्ने विषयमा नबोले पनि मतसंकेत गरेको मतपत्र कसैलाई देखाउन वा सार्वजनिक गर्न नहुने स्पष्ट उल्लेख गरेको छ। ऐनमा मतसंकेत सार्वजनिक गरेको मतपत्र मतपेटिकामा नखसालेको भए मतगणना नहुने पनि उल्लेख छ।

हेर्नुस् कानुनी व्यवस्थाः


प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन र प्रदेशसभा सदस्य निर्वाचन ऐनमा कसैले मतसंकेत गर्ने क्रममा बढी समय लगाएमा मतदान अधिकृतले निरीक्षण गर्न सक्ने व्यवस्था छ।

दुबै ऐनको दफा ४३मा उल्लेख छ- ‘कुनै मतदाता मत सङ्केत गर्ने स्थानमा मनासिब समयभन्दा बढी समयसम्म बसेमा वा मतदान अधिकृतलाई कुनै शङ्का लागेमा निजले मत सङ्केत गर्ने स्थानमा प्रवेश गरी निरीक्षण गर्न सक्नेछ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै