१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुरुषले नै हाले, महिलाले दिनै पाएनन् मत

११ मंसिर २०७४, सोमबार ०३:४५

मङ्सिर ११, काठमाडौँ । जयपृथ्वी नगरपालिका ११ की पानसा सिंह ५५ बर्षकी भईन् । अहिलेसम्म मत हालेकी छैनन् । 

उनका नाममा गाउँका पुरुषले नै मत हाल्थे आइतबार घरबाट निस्किदै गर्दा सोचिन्, यसपल्ट त आफै भोट हाल्छु । मदतान केन्द्रमा आईपुग्ना सिथती अर्कै भईदियो ।

एक व्यक्तिको मत अर्काले हाल्न नपाउने व्यवस्था र यसको पालना गर्नका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन अधिकृतको कार्यालयले कडाई गर्ने भने पनि त्यसो भएन । महिलाको मत पुरुषले हाल्ने पुरानै चलनको निरन्तरता दिदै अधिकांश महिलाको मत पुरुषले नै हालेको स्थानीयले बताएका छन् । 


‘घरबाट त आफै भोट हाल्छु भनेर आएकी हुँ,’ जयपृथ्वी नगरपालिका–१ की पानसरा सिंहले भनिन, ‘तपाईं बिगार्नु हुन्छ । बिग्रियो भने वर्बाद हुन्छ भनेर कराउन थाले । जेसुकै गर भनेर दिएँ ।’ जसम्म कहिले पनि मत नहालेको बताउने ५५ वर्षीया उनको यसपाला आफ्ना मत छिमेकी भतिजाले हालिदिएको बताइन् । 

सुरुमा आफ्नो मत आफै हाल्नुपर्ने नियमको कडाइका साथ पालना गरिएको भए पनि १० बजेपछि सबै दलका प्रतिनिधिहरुको सहमतिमा महिलाले चाहेमा अर्काेलाई मत हाल्न दिने व्यवस्था गरिएको जयपृथ्वी नगरपालिका १ का कृष्ण विकले बताए । 

‘१०–१५ जना महिलाको मत पनि एकै जनाले खसालेका छन्,’ उनले भने, ‘धेरैजसो महिलाहरु आफै हाल्न सक्दैनांै भन्न थाले । उनीहरुको मत अरुले हालिदिए ।’

महिलाको मत अरुले हाल्ने प्रचलनको निरन्तरता जिल्लाभरका मतदान केन्द्रमा देखिएको स्थानीयले बताएका छन् । विथ्थड चिर गाउँपालिकामा पनि अधिकांश मत पुरुषले नै हालेको त्यहाँका स्थानीय तेजबहादुर बोहराले कान्तिपुरलाई बताए ।

उनले भने, ‘२०–२५ वर्षका महिलालाई पनि आँखा देख्दिन । हात कांप्छ भनेर भन्नु भनेर पहिले नै सिकाए । एक–दुई जना महिलाको मत अरुले हाल्ने वित्तिकै त नियमै जस्तो भैहाल्यो ।’यो खबर आजको कान्तिपुरमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण