२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलोपटक हान्दा हामी सडकमै थियौँ, दोस्रो पटकमा त्रिशूलीमा खस्यौं (इन्दिराले जे देखिन्)

२०७४, १४ मंसिर बिहीबार ०२:०७

मङ्सिर १४, काठमाडौँ | काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको लु १ ख २९१ नम्बरको बस बुधबार बिहान चितवनको चुम्लिङटारमा दुर्घटना हुँदा आठ यात्रुको मृत्यु भएको छ । १९ घाइते भएका छन् ।

बिहान ९ बजेतिर विपरीत दिशाबाट आइरहेको ना ६ ख ४९७२ नम्बरको ट्रकसँग ठक्कर खाएपछि बस त्रिशूलीमा खसेको थियो । 

दुर्घटनामा ​ घाइते भएकी इन्दिरा दमासेले जे देखिन् :

- म र भाइ सन्दीप अर्घाखाँची जाँदै थियौँ । बिहान ५ बजेर ३० मिनेट जाँदा कलंकीबाट बस छुट्यो । करिब ३०–३२ यात्रु थियौँ ।


- नौबिसेमा खाजा खायौँ । चालकले राम्ररी नै बस कुदाइरहेका थिए ।

- बिहान ९ बजेतिर फिस्लिङ बजार कटेपछि दुर्घटना भयो ।

- विपरीत दिशाबाट आएको ट्रकले अर्को ट्रकलाई ओभरटेक गर्ने क्रममा हाम्रो लेन मिच्यो । ट्रकले आफ्नो लेन समाउन भ्याएन ।

- घुम्तीजस्तो भएकाले बस पनि आफ्नै गतिमा थियो ।

- तर, ट्रकले सीधै हाम्रो बसलाई हान्यो । मैले देखेअनुसार ट्रक र बस रोकिए ।

- ट्रक पुनः पछाडि हट्यो र फेरि जोडले बसलाई हान्यो ।

- पहिलोपटक हान्दा हामी सडकमै रोकिएका थियौँ । दोस्रो धक्कामा गाडी त्रिशूलीमा खस्यो ।

- म बेहोस भएछु । घाइते अवस्थामै नदी–किनारबाट मलाई उद्धार गरे ।

मृतक

अर्घाखाँचीको मालारानी गाउँपालिका (हंसपुर)का ५२ वर्षीय नुधराज अधिकारी, दैलेखका ३२ वर्षीय अमरबहादुर शाही, नवलपरासी बर्दघाटका ५० वर्षीय कृष्ण ढकाल, अर्घाखाँचीको सन्धिखर्ककी ४३ वर्षीया लक्ष्मी पौडेल र नवलपरासीको देवदह नगरपालिकाका अन्दाजी २५ वर्षीय दीपक पाण्डेको मृत्यु भएको छ । पौडेलको बी एन्ड बी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै