२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रमुख निर्वाचन आयुक्तकी बुहारी समानुपातिकमा उम्मेदवार

२०७४, १५ मंसिर शुक्रबार ०२:१७

मंसिर १५, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवकी बुहारी प्रमिलाकुमारी यादव माओवादी केन्द्रबाट उम्मेदवार बनेकी छन् ।

माओवादीले प्रमिलालाई प्रदेशसभातर्फ मधेसी कोटामा समानुपातिक सूचीमा राखेको छ। प्रमिला प्रमुख आयुक्तका छोरा अशोककी पत्नी हुन् । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

प्रमुख निर्वाचन आयुक्त यादवले आफ्नी बुहारी चुनावी प्रतिस्पर्धामा रहेको बताए। ‘मेरो छोरा र बुहारी यसअघि नै मसँग छुट्टिएर आफ्नै तरिकाले बसेका छन्। त्यसैले उनीहरु स्वतन्त्र हुन्’ यादवले भने ‘यो उनीहरुको व्यक्तिगत छनोट हो।’

निर्वाचन कानुनले विचार, आस्था, विश्वास र पृष्ठभूमिका आधारमा सबै नेपाली नागरिकलाई चुनाव लड्ने अनुमति दिएको छ। तर आयोगका एक निर्वाचन आयुक्तले प्रमुख आयुक्तको बुहारीको उम्मेदवारीले चुनावसम्बन्धी निर्णय प्रभावित हुन सक्ने बताए।  यादव माओवादी कोटाबाट प्रमुख निर्वाचन आयुक्त नियुक्त भएका हुन्।

‘बुहारी मनोनयन हुनेबित्तिकै प्रमुख निर्वाचन आयुक्तले यस विषयमा सार्वजनिक जानकारी गराउनुपर्थ्यो। यसले निर्वाचन आयोगको पारदर्शिता र विश्वसनीयतामाथि प्रश्न उठ्न सक्छ’ ती निर्वाचन आयुक्तले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै