१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रमुख निर्वाचन आयुक्तकी बुहारी समानुपातिकमा उम्मेदवार

१५ मंसिर २०७४, शुक्रबार ०२:१७

मंसिर १५, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवकी बुहारी प्रमिलाकुमारी यादव माओवादी केन्द्रबाट उम्मेदवार बनेकी छन् ।

माओवादीले प्रमिलालाई प्रदेशसभातर्फ मधेसी कोटामा समानुपातिक सूचीमा राखेको छ। प्रमिला प्रमुख आयुक्तका छोरा अशोककी पत्नी हुन् । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

प्रमुख निर्वाचन आयुक्त यादवले आफ्नी बुहारी चुनावी प्रतिस्पर्धामा रहेको बताए। ‘मेरो छोरा र बुहारी यसअघि नै मसँग छुट्टिएर आफ्नै तरिकाले बसेका छन्। त्यसैले उनीहरु स्वतन्त्र हुन्’ यादवले भने ‘यो उनीहरुको व्यक्तिगत छनोट हो।’

निर्वाचन कानुनले विचार, आस्था, विश्वास र पृष्ठभूमिका आधारमा सबै नेपाली नागरिकलाई चुनाव लड्ने अनुमति दिएको छ। तर आयोगका एक निर्वाचन आयुक्तले प्रमुख आयुक्तको बुहारीको उम्मेदवारीले चुनावसम्बन्धी निर्णय प्रभावित हुन सक्ने बताए।  यादव माओवादी कोटाबाट प्रमुख निर्वाचन आयुक्त नियुक्त भएका हुन्।

‘बुहारी मनोनयन हुनेबित्तिकै प्रमुख निर्वाचन आयुक्तले यस विषयमा सार्वजनिक जानकारी गराउनुपर्थ्यो। यसले निर्वाचन आयोगको पारदर्शिता र विश्वसनीयतामाथि प्रश्न उठ्न सक्छ’ ती निर्वाचन आयुक्तले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण