१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बच्चासँगै हुर्किंदै तीन सन्तानकी १९ वर्षीया आमा

१६ मंसिर २०७४, शनिबार ०२:३२

मङ्सिर १६, काठमाडौँ । आफ्नो बाल्यकाल पत्तो नपाएकी निमछिकी शेर्पा आफैंले जन्माएका तीन बच्चासँगै खेल्दै/रमाउँदै दिन कटाउने गर्छिन् । 

१३ वर्षमा विवाह गरेर १४ वर्षमा आमा बनेकी उनी पाँच वर्षीया छोरी र दुई छोराको साथमा हुर्किंदै छिन्। यो खबर छेटु शेर्पाले आजको अन्नपूर्णमा लेखेका छन्।

१९ वर्षीया उनी आफैं बालापनमा छिन् । निरक्षर उनले अज्ञानताका कारण १३ वर्षमै बालविवाह गरिन् । आमामा हुनुपर्ने गुण उनमा कमै छ तर १७ वर्षको उमेरमा तीन बच्चाका आमा बनिसकिन्।

नाबालक छोराछोरीलाई पोषणयुक्त खानेकुरा खुवाउने र आफूले पनि पोसिलो खाना खानुपर्छ भन्ने ज्ञान उनमा छैन । उनको सरल बुझाइमा स्तनपान गराउनु नै आमाको जिम्मेवारी हो, जो गर्दै आएकी छन् ।

स्याबुन-५, देउराली संखुवासभाका फुर्तेम्बा शेर्पासँग २०६८ सालमा निमछिकीको बिहे भएको थियो । उनका श्रीमान् अढाई वर्षदेखि खाडी मुलुकमा छन् । पाँच वर्षीया छोरी निमलमु, तीन वर्षीय छोरा तेन्जी र डेढ वर्षीय छोरा लाक्पाको जिम्मेवारी एक्लो निमछिकीको काँधमा छ ।


जीविकाका लागि दिनभर मजदुरी र साँझबिहान घरको कामले व्यस्त बन्ने उनी बालबच्चाको स्याहारसुसारमा समय दिन पाउँदिनन् । यस्तो लाग्छ, ‘भगवान्’ले नै तिनका केटाकेटी हुर्काइरहेका छन् ।

तीन बच्चासँग दिन गुजार्दै आएकी उनी आफूलाई श्रीमान्ले कुनै पनि सहयोग नगरेको बताउँछिन् । ‘बच्चाहरू खाना खान जान्दैनन्, आफैंले खुवाउनुपर्छ’, उनले भनिन् । आफूले नपढे पनि छोराछोरीलाई पढाउने उनको इच्छा छ । 

श्रीमान् पनि विदेशमा भएकाले उनका बालबच्चाको भविष्य अन्योलमा छ । हाल उनले ठूली छोरीलाई डेढ घन्टा टाढाको शिव प्राथमिक विद्यालयमा पठाउन सुरु गरेकी छन् ।

जनस्वास्थ्य कार्यालयले आमा सुरक्षा र परिवार नियोजन क्षेत्रमा दिँदै आएको कार्यक्रमसमेत सहरकेन्द्रित हुँदा गाउँगाउँमा निमछिकीजस्ता बालिका आमाको संख्या बढ्दो छ । 

तमाम गैरसरकारी संस्थाहरूले महिला प्रजनन स्वास्थ्यमा गर्दै आएको कार्यक्रमको प्रभावकारिता पनि देखिँदैन । नाबालकैमा आमा हुँदा पाठेघर लगायतको समस्याले मातृमृत्युदर पनि बढ्दो छ ।

संखुवासभा, स्याबुन क्षेत्रका आमालाई स्तनपानको तरिका, पोषक तत्वबारे जानकारी र सरसफाइसम्बन्धी ज्ञानको अभाव छ । संखुवासभामा एक अस्पताल, दुई प्राथमिक स्वास्थ्य संस्था, २३ स्वास्थ्य संस्था, १३ उपस्वास्थ्य संस्था, चार सामुदायिक स्वास्थ्य संस्था र दुई नगर स्वास्थ्य संस्था छन् । तर, बजेट सुगम क्षेत्रकै स्वास्थ्य संस्थामा सीमित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण