२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जहाँ हुँदैछ निर्वाचनमा रोचक भिडन्त (सुचिसहित)

२०७४, १७ मंसिर आईतवार ०२:२३

मङ्सिर १७, काठमाडौँ । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश शभा निर्वाचनमा केही क्षेत्रमा रोचक प्रतपश्पर्धा हुँदैछ। यो खबर आजको नयाँ  पत्रिकामा छापिएको छ ।

डडेल्धुरा

प्रधानमन्त्री शेरबहादुर देउवालाई डडेल्धुरामा वाम गठबन्धनबाट माओवादी उम्मेदवार खगराज भट्टले चुनौती दिँदै छन् । ०६४ मा झिनो मतले पराजित भट्ट त्यसयता लगातार देउवासँग भिड्दै छन् । उनलाई भोट माग्न एमाले अध्यक्ष केपी ओली पनि डडेल्धुराको आमसभामा पुगेका थिए ।

चितवन–३

माओवादी अध्यक्ष प्रचण्ड उम्मेदवार रहेको चितवन ३ पनि निकै चर्चामा छ । उनलाई एमालेको साथ छ । राप्रपा (प्रजातान्त्रिक) का विक्रम पाण्डेलाई कांग्रेसले समर्थन गरेपछि प्रतिस्पर्धा रोचक बनेको छ । प्रचण्डको प्रचारमा एमाले अध्यक्ष केपी ओली र नेता माधव नेपाल पनि चितवन पुगेका छन् ।

तनहुँ–१

कांग्रेस नेता रामचन्द्र पौडेल र वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठबीच पनि रोचक प्रतिस्पर्धा हुँदै छ । निर्वाचन आयोगमा उजुरी दिएर कांग्रेसकै विद्रोही गोविन्दराज जोशीको उम्मेदवारी खारेज गरे पनि पौडेल ‘रिस्क जोन’मै छन् । स्थानीय निर्वाचनको मत पनि वाम गठबन्धनको बढी छ ।

झापा–३

झापा ३ मा कांग्रेसका कृष्ण सिटौला र राप्रपाका राजेन्द्र लिङ्देन भिड्दै छन् । देशभर कांग्रेस र राप्रपाबीच गठबन्धन बने पनि यस क्षेत्रमा एमाले, माओवादी र राप्रपाले सिटौलाविरुद्ध मोर्चाबन्दी कसेपछि भिडन्त पेचिलो बनेको छ । लिङ्देन ०७० मा सिटौलाबाटै पराजित भएका थिए ।

मोरङ–६

मोरङ ६ मा कांग्रेसका डा. शेखर कोइराला र एमालेका लालबाबु पण्डित उम्मेदवार छन् । प्रतिस्पर्धा निकै पेचिलो छ । सामान्य प्रशासनमन्त्री हुँदा डिभी र पिआरधारी कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेपछि पण्डितको लोकप्रियता बढेको छ । कोइराला यही क्षेत्रबाट यसअघि सांसद भएका थिए ।

काठमाडौं–४

चर्चित युवा नेता गगन थापा र राजन भट्टराईको प्रतिस्पर्धाले काठमाडौं ४ पनि चर्चामा छ । ०७० मा यही क्षेत्रबाट निर्वाचित थापा स्वास्थ्यमन्त्री भएपछि थप चर्चामा आए । भट्टराई परराष्ट्र क्षेत्रमा चर्चित तथा प्रबुद्ध समूहका सदस्यसमेत हुन । यो क्षेत्रको चुनावी समीकरण आकलन गर्न नसकिने बनेको छ ।

काठमाडौं–१

कांग्रेसका प्रकाशमान सिंह र वाम गठबन्धनका अनिल शर्मालाई विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रले चुनौती दिएपछि काठमाडौं १ को प्रतिस्पर्धा रोचक बन्दै छ । ०६४ र ०७० मा सिंह यही क्षेत्रबाट निर्वाचित भएका थिए । नयाँ पार्टी खोलेर पूर्वपत्रकार मिश्र चुनावी मैदानमा आएपछि चर्चा थप चुलिएको हो ।

धनुषा–३

कांग्रेसका विमलेन्द्र निधि र राजपाका राजेन्द्र महतोको प्रतिस्पर्धाले धनुषा ३ चर्चामा छ । मधेसका केही क्षेत्रमा कांग्रेस र राजपाबीच चुनावी तालमेल भए पनि यो क्षेत्रमा भने तालमेल हुन सकेन । प्रदेश २ को राजधानी जनकपुर हुने भएकाले पनि दुवै नेताले आफ्नो जितलाई प्रतिष्ठाको विषय बनाएका छन् ।

झापा–१

प्रतिनिधिसभा निर्वाचनमा झापा १ बाट उम्मेदवार बनेका कांग्रेसका विश्वप्रकाश शर्मा र वाम गठबन्धनबाट माओवादीका सुरेन्द्र कार्कीबीचको प्रतिस्पर्धा पनि रोचक देखिएको छ । दुवै उम्मेदवार बौद्धिक नेताका रूपमा परिचित छन् । सद्भावपूर्ण निर्वाचन प्रचार अभियानले पनि उनीहरू चर्चामा छन् ।

रुपन्देही–३

एमालेका नेता घनश्याम भुसाल रुपन्देही ३ मा राप्रपा (प्रजातान्त्रिक) का नेता तथा बहालवाला स्वास्थ्यमन्त्री दीपक बोहरासँग प्रतिस्पर्धा गर्दै छन् । ०७० को निर्वाचनमा कांग्रेसका बालकृष्ण खाणसँग ३२ मतले पराजित भुसाल वाम गठबन्धनको साझा उम्मेदवार हुन् । बोहरालाई कांग्रेसको समर्थन छ ।

गुल्मी–१

एमाले सचिव प्रदीप ज्ञवाली र कांग्रेसका नेता चन्द्र भण्डारीबीचको प्रतिस्पर्धाले गुल्मी १ पनि तातेको छ । ०७० को निर्वाचनमा भण्डारीले ज्ञवालीलाई पराजित गरेका थिए । ज्ञवाली अहिले वाम गठबन्धनका साझा उम्मेदवार हुन् । दुवै शालीन र बौद्धिक नेताका रूपमा परिचित छन् ।

कैलाली–१

प्रमुख दलबाट महिला उम्मेदवार आमनेसामने भएको एक मात्र क्षेत्र कैलाली १ चर्चामा छ । यहाँ कांग्रेसकी ईश्वरी न्यौपाने र एमालेकी गरिमा शाह भिड्दै छन् । स्थानीय तह निर्वाचनको मतपरिणाम पनि कांग्रेस र वाम गठबन्धनको हाराहारी छ । यो क्षेत्रमा कसले जित हात पार्छ भन्ने अनुमान गर्न गाह्रो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी