१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घरबेटीलाई लाग्यो लगाम, यस्तो छ घरबहाल सम्बन्धी नयाँ कानुन

१८ मंसिर २०७४, सोमबार ०२:०१

मंसिर १८, काठमाडौं । के घरबेटीले तपाईलाई तत्काल घर खाली गर्न निर्देशन दिएका छन् ? तर नआत्तिनुस् । कानुनतः अब आफ्नै घर खाली गराउन घरबेटीलाई सजिलो छैन । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ ।

आगामी भदौबाट कार्यान्वयनमा आउने मुलुकी ऐनमा घरबहालसम्बन्धी नयाँ कानुनको व्यवस्था गरिएको छ। जसअनुसार अब घरबेटीले आफ्नै घर खाली गर्न मौखिक सूचना दिएरमात्र पुग्दैन । घरबेटीले लिखित सूचना दिएको ३५ दिनसम्म सोही घरमै बसेर अर्को व्यवस्था गर्न सकिन्छ ।

आफैंलाई घर आवश्यक भएमा बहालमा बसेकाहरुलाई घरधनीले हटाउन सक्छन् तर तीन महिनासम्म अरुलाई भाडामा दिन नपाइने र दिनै परे पहिले बहालमा रहेको व्यक्ति बहालमा लिनेमध्ये पहिलो प्राथमिकतामा पर्नुपर्ने व्यवस्था देवानी कानुनको दफा ४२२ को उपदफा ४ मा उल्लेख छ ।

कानुनतः मासिक १० हजार रुपैयाँसम्मको घर बहालमा लिन/दिन बहाल लिने व्यक्तिसँग लिखित सम्झौता गर्नु पर्दैन । घर बहालको अवधि पाँच वर्षसम्म हुन सक्नेछ। तर, त्यसपछि बहालमा लिने/दिने व्यक्तिले आवश्यकता अनुसार सहमतिमा पटक–पटक समय थप गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण