१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई लाख सेवाग्राही लाईसेन्सबिहीनः किन पाइँदैन स्मार्ट लाईसेन्स ?

१८ मंसिर २०७४, सोमबार ०२:०७

मङ्सिर १८, काठमाडौँ । ललितपुर इमाडोलकी अञ्जु कँडेलले स्कुटीको परीक्षा पास गरे पनि लाइसेन्स प्राप्त गर्न कम्तीमा ६ महिना कुर्नुपर्ने भएको छ ।

दुई पटकमा ‘ट्रायल पास’ गरेकी कँडेललाई यातायात व्यवस्था कार्यालय एकान्तकुनाले ६ महिनापछि मात्र लाइसेन्सका लागि सम्पर्क गर्नुपर्ने जानकारी दिएको छ। 

कंडेलेको गुनासो छ ‘परीक्षाको फाराम भर्न नै समस्या छ। राति नै गएर लाइनमा बस्नुपर्ने बाध्यता छ’, उनले भनिन्, ‘त्यगि गरेर फाराम बुझायो। फेरि परीक्षका लागि कुर्नुपर्छ। परीक्षा बल्लबल्ल पास गर्यो लाइसेन्स पाउनै गाह्रो। 

कँडेलले जस्तै ट्रायल पास गरेर पनि लाइसेन्स प्राप्त नगर्नेको संख्या झण्डै दुई लाख छ। यातायात व्यवस्था विभागले लाइसेन्सको दैनिक माग र उत्पादनमा ठूलो अन्तर रहेकाले ढिलाइ भएको बताएको छ।

विभागका अनुसार हाल दैनिक पाँच हजार लाइसेन्सको माग हुन्छ तर स्मार्ट लाइसेन्स प्रिन्ट भने दैनिक आठ सय वटामात्र हुन्छ। यसै कारण परीक्षा पास गरेको कम्तीमा ६ महिनापछि मात्र लाइसेन्स हातमा पर्ने अवस्था आएको विभागका प्रवक्ता टोकराज पाण्डेको भनाइ छ।, यो खबर आजकोगोरखापत्रमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण