१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माघ १५ भित्र बन्नेछ नयाँ सरकार, यस्तो छ प्रक्रिया

१९ मंसिर २०७४, मंगलवार ०२:२१

मंसिर १९, काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन सम्पन्न भई दोस्रो चरण आउन दुई दिनमात्र बाँकी रहँदा परिणाम र नयाँ सरकार सबैको चासोको विषय बनेको छ । 

चुनावी मंसिर २१ गते दोस्रो चरणको चुनाव सम्पन्न भई मतपरिणाम आएपछि संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ ।

आजको नयाँ पत्रिकामा खबर छ-संवैधानिक व्यवस्थाअनुसार अब संसद् सदस्य नभएका व्यक्तिले प्रधानमन्त्री बन्न पाउने छैनन् । 

नयाँ सरकार गठनका लागि निर्वाचन परिणाम आइसक्नु पहिलो शर्त हुनेछ । संविधानको धारा ७६ को व्यवस्थाअनुसार निर्वाचनको अन्तिम परिणाम आएको बढीमा ३५ दिनभित्र नयाँ प्रधानमन्त्री निर्वाचित हुनुपर्ने व्यवस्था छ ।

मंसिर २१ मा निर्वाचन सम्पन्न भएसँगै बढीमा पुस १० गतेभित्र सम्पूर्ण मत परिणाम आइसक्ने निर्वाचन आयोगको आँकलन छ। यसअघि २०७० को संविधानसभा सदस्य निर्वाचनमा पनि समानुपातिकसहित सबै मत परिणाम आउन तीन साता लागेको थियो। पुस १० भित्र मत परिणाम आइसकेपछि ढिलामा माघ १५ भित्र नयाँ सरकार बनिसक्नेछ ।

संविधानको धारा ७६(८) बमोजिम निर्वाचनको सम्पूर्ण मत परिणामा आएको ३५ दिनभित्र प्रधानमन्त्री चयन प्रक्रिया सम्पन्न गर्नुपर्छ । संविधानको व्यवस्थाअनुसार राष्ट्रपतिले प्रतिनिधिसभाको बहुमतप्राप्त दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । 

बहुमत नआए दुई वा दुइभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण