१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी फेरिँदैछ सर्वोच्च अदालतको रूप

२० मंसिर २०७४, बुधबार ०२:०४

मङ्सिर २०, काठमाडौँ | न्यायालयबाट हुने कार्यसम्पादनबारे टिका टिप्पणीले अदालतकै विश्वसनीयतामा प्रश्न खडा भइरहेका बेला वर्तमान नेतृत्व आएपछि सर्वोच्च अदालतमा आमूल परिवर्तन भएको वरिष्ठ कानुनविद्हरूले बताएका छन् । 

प्रधानन्यायाधीश गोपाल पराजुलीले कार्यभार सम्हालेलगत्तै सर्वोच्च अदालतले गरेको समूहगत सुनुवाइ, संवैधानिक इजलासको निरन्तरता र अदालतलाई स्मार्ट बनाउने कार्यविधिलाई वरिष्ठ कानुनविद्हरूले प्रशंसा गरेका हुन्।

पूर्वमाहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले समूहगत सुनुवाइका लागि पर्याप्त समय दिनुपर्ने बताए। उनले समूहगत सुनुवाइमा रहेका प्रत्येक मुद्दाको तथ्य फरक हुने भएकाले सबै मुद्दाको सुनुवाइ हुनुपर्ने बताए।

वरिष्ठ अधिवक्ता तथा न्यायपरिषद्का पूर्वसदस्य उपेन्द्रकेशरी न्यौपानेले सूचनासम्बन्धी नयाँ प्रविधिको प्रयोगले सर्वोच्च अदालतमा नयाँ क्रान्ति ल्याएको बताए। नयाँ प्रविधिको प्रयोग हुन थालेपछि अदालतको कामकारबाहीमा पारदर्शिता देखिन थालेको उनको भनाइ छ।

संविधानविद् डा.भीमार्जुन आचार्यले हालका प्रधानन्यायधीश पराजुलीले न्यायपालिका सुधारका लागि ३९ बुँदे कार्ययोजना ल्याएर नयाँपन दिएको बताए। प्रधानन्यायाधीश पराजुलीले कार्यभार सम्हाल्नासाथ ३९ बुँदे कार्ययोजना प्रस्तुत गरेका थिए। सो कार्ययोजनामा अदालतलाई ‘स्मार्ट’ बनाउने उल्लेख छ। – नेपाल समाचार पत्रबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण