२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभामा पाँच महिला निर्वाचित, कसले कहाँबाट जिते ?

२०७४, २६ मंसिर मंगलवार ०३:१५

मङ्सिर २६, काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका २० मध्ये पाँच महिला विजयी भएका छन् । 

चार महिला उम्मेदवारको अझै नतिजा आइसकेको छैन । माओवादी केन्द्रका तीन, एमाले र राष्ट्रिय जनमोर्चाबाट एक–एकजनाले प्रतिनिधिसभा सदस्यको सिट सुरक्षित गरेका हुन् ।

माओवादीबाट कञ्चनपुर–१ मा विना मगर, ललितपुर–३ मा पम्फा भुसाल र रुकुम पूर्वमा कमला रोका विजयी भएका छन् । त्यस्तै, झापा–२ बाट एमालेकी पवित्रा निरौला खरेल र प्युठानबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल सांसद निर्वाचित भएका छन् ।


कञ्चनपुर–१ मा बिनाले कांग्रेस उम्मेदवार दिवानसिंह विष्टलाई, ललितपुर–३ मा भुसालले कांग्रेसका मदन अमात्यलाई, रुकुम पूर्वमा रोकाले कांग्रेसकै हरिशंकर घर्तीमगरलाई पराजित गरे । झापा–२ मा खरेलले कांग्रेसका उद्धव थापा र प्युठानबाट पौडेलले कांग्रेसका डा. गोविन्दराज पोखरेललाई पराजित गरे ।

संविधानले ३३ प्रतिशत महिला सहभागिता हुनैपर्ने व्यवस्था गरे पनि दलहरूले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ निकै थोरै उम्मेदवार बनाएका थिए ।

१६५ सिटमा कांग्रेसले नौ, एमालेले पाँच, माओवादी केन्द्रले चार, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले एक–एकजना महिला उम्मेदवार बनाएका थिए । राप्रपा, राप्रपा प्रजातान्त्रिक, राजपा र संघीय समाजवादी फोरमले प्रतिनिधिसभामा महिला उम्मेदवार नै बनाएनन् । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै