१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवा र पौडेलकै प्रदेशमा कांग्रेसको पराजय: प्रतिनिधिसभातर्फ कहाँ-कति सिट ?

२६ मंसिर २०७४, मंगलवार ०३:३२

मङ्सिर २६, काठमाडौँ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नै गृहजिल्ला डडेल्धुराबाट विजयी भए । तर, यस प्रदेशका बाँकी १५ सिटमा कांग्रेसलाई विजयी बनाउन सकेनन् । 

रमेश लेखक, एनपी, सावद, वीरबहादुर बलायर, रामजनम चौधरी, आरजु राणा र मोहनसिंह राठोरले जित्ने कांग्रेसको दाबी गलत साबित भयो ।

स्थानीय तह निर्वाचनमा कांग्रेसले प्रदेश–४ मा एमाले र माओवादीको दाँजोमा धेरै सिट जितेको थियो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला भएकाले पनि यहाँ कांग्रेसलाई बलियो मानिएको थियो तर पौडेल आफैँ हारे । 

यस प्रदेशअन्तर्गत स्याङ्जा जिल्लाका दुई निर्वाचन क्षेत्रको मतगणना बाँकी रहँदा कांग्रेसले एक सिट मात्रै जितेको छ । नवलपुरबाट कांग्रेस महामन्त्री डा. शशांक कोइराला विजयी भए ।

१५३ प्रतिनिधिसभामा उम्मेदवारी दिएको कांग्रेसले अहिलेसम्म २१ ठाउँमा मात्र जित हात पारेको छ । मतगणना भइरहेका सुनसरी–३, कञ्चनपुर–३ र सर्लाही–२, स्याङ्जा–१ र स्याङ्जा–२ मा भने कांग्रेस प्रतिस्पर्धामै छ । तसर्थ, कांग्रेसले केही सिट बढाउने सम्भावना बाँकी छ ।यो खबर आजको नयाँ पत्रिकामा छ । 

प्रतिनिधिसभातर्फ कहाँ–कति सिट ?

प्रदेश ६ मा शून्य

प्रदेश १


मोरङ–२ मीनेन्द्र रिजाल

सुनसरी–४ ज्ञानेन्द्रबहादुर कार्की

सुनसरी–२ सीताराम मेहता

उदयपुर–१ नारायण खड्का


प्रदेश–२

सिरहा–१ प्रदिप गिरि

रौतहट–२ अफताब आलम


रौतहट–४ देवप्रसाद तिमल्सेना

सप्तरी–४ तेजुलाल चौधरी

बारा–१ उमाकान्त चौधरी


प्रदेश– ३

काठमाडौं–१ प्रकाशमान सिंह

काठमाडौं–४ गगनकुमार थापा


काठमाडौं–६ भीमसेनदास प्रधान

काठमाडौं–१० राजन केसी

रसुवा: मोहन आचार्य


प्रदेश–४

नवलपुर–१ शशांक कोइराला


प्रदेश–५

रुपन्देही–४ प्रमोदकुमार यादव

रुपन्देही–५ भरत शाह

नवलपरासी–२ देवेन्द्रराज कँडेल


बर्दिया–१ सञ्जय गौतम

कपिलवस्तु–३ अभिषेकप्रताप शाह

प्रदेश–७

डडेल्धुरा: शेरबहादुर देउवा

दोस्रो दल बन्ने सम्भावना

एमाले ७४ सिट जितिसकेको छ भने ५ वटामा अग्रता लिइरहेको छ । प्रत्यक्षमा ८० जित्दा समानुपातिकमा ४० सिट जिते एमालेको सिट संख्या १२० पुग्नेछ । एमाले पहिलो दल हुने सुनिश्चित भइसक्दा कांग्रेसले मुस्किलले दोस्रो दल बन्ने सम्भावना कायम राखेको छ । माओवादीले ३४ प्रतिनिधिसभा सदस्य जितेको छ र दुईवटामा अग्रता लिएको छ । 

यी दुई जितसहित समानुपातिकमा १५ सिट जित्दा ५० देखि ५२ सम्म बनाउन सक्नेछ । तर, कांग्रेसले यस्तोमा समानुपातिकमा बढीमा ४० जित्दा प्रत्यक्षका २१ गरी ६० को हाराहारी सिट जित्नेछ । यस्तो अवस्थामा माओवादीभन्दा कांग्रेस अघि हुनसक्ने छ । यद्यपि, समानुपातिकको मत आउने क्रम जारी छ ।

प्रदेश सभातर्फ कहाँ कति सिट ?

प्रदेश सभातर्फ प्रदेश नम्बर १ का ५६ सिटमा कांग्रेसले ६ मा जितेको छ भने एकमा अग्रता लिएको छ । प्रदेश नम्बर २ का ६४ प्रदेश सभामा कांग्रेसले ८ वटामा मात्रै जितेको छ । प्रदेश नम्बर ३ का ६४ प्रदेश सभामा कांग्रेसले सातवटामा जित दर्ता गरेको छ ।

प्रदेश नम्बर ४ का ३६ प्रदेश सभामा कांग्रेसले ५ वटामा जितेको छ । प्रदेश सभा ५ मा ५, प्रदेश नम्बर ६ का २४ मा एउटा, प्रदेश ७ का ३२ सिटमा कांग्रेसले ५ वटा मात्रै प्रदेश सभा सदस्य जितेको छ ।

प्रदेश–६ मा शाही मात्र

कांग्रेसले स्थानीय तहको निर्वाचनमा प्रदेश–६ मा एमाले र माओवादीसँग बराबर तह जितेको थियो । तर, प्रतिनिधिसभा निर्वाचनमा ६ नम्बर प्रदेशका १२ निर्वाचन क्षेत्रमा कांग्रेसले एक सिट पनि जित्न सकेन । २४ प्रदेश सभाका सदस्यमा हुम्ला ‘ख’ बाट जीवनबहादुर शाहीले जित्नु नै सिंगो ६ प्रदेशमा एक मात्र सिट हुन पुग्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ