१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नम्बर २: मधेसवादी दलहरु मिल्दा पनि प्रदेश सरकार बनाउन नसक्ने

२७ मंसिर २०७४, बुधबार ०२:५२

मंसिर २७, जनकपुरधाम | प्रदेश २ मा क्षेत्रीय प्रभाव राख्ने दुई मधेसकेन्द्रित दलहरू राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र संघीय समाजवादी फोरम नेपाल दुई वटा दल मिलेर पनि प्रदेश सरकार बनाउन नसक्ने जनादेश प्राप्त भएको छ । 

‘प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने) का प्रदेशसभाका ६४ सिटको परिणाम प्राप्त हुँदा मिलेर चुनाव लडेका यी दुई दल मात्र मिल्दा सरकार बन्न नसक्ने अवस्था आएको छ। प्रदेशसभा प्रत्यक्षतर्फ ६४ मध्ये २० सिटमा जितेर संघीय फोरम सबैभन्दा ठूलो दल बनेको छ। त्यस्तै, राजपाले १५ सिट हासिल गरेको छ।

समानुपातिकतर्फबाट ४३ प्रदेशसभा सदस्य निर्वाचित हुने प्रदेश २ मा बहुमत हासिल गर्न कम्तीमा यी दुई दलको १७ सिट हासिल गर्नुपर्नेछ। यसका लागि उक्त प्रदेशमा समानुपातिकतर्फ कम्तीमा ४० प्रतिशत मत पाउनुपर्ने हुन्छ, जुन सम्भव देखिँदैन। मंगलबार साँझसम्म २ लाख ६५ हजार ६ सय ५७ मत गन्दा राजपाले करिब २१ र फोरमले १५ प्रतिशत मत मात्र हासिल गरेका छन्।

निर्वाचनअघि प्रदेशमा ‘आक्रमणको निसाना’ बनाइएको एमालेले प्रदेश २ मा प्रत्यक्षतर्फ राजपाभन्दा एक सिट मात्र कम अर्थात १४ सिट जितेको छ भने गठबन्धनको अर्को घटक माओवादी केन्द्रको ६ सिट छ।

दुवै दल गरी गठबन्धनले प्रत्यक्षतर्फ २० सिट जितेका छन्। यी दुई दल प्रदेश २ को सत्तामा सहभागी नभए प्रतिपक्षीको हैसियतमा रहनेछन्।वाम गठबन्धनका एमाले-माओवादीले समानुपातिकतर्फ एक तिहाइ मात्र भोट प्राप्त गरे भने पनि यसमा अरू १४ सिट थपिने छन्।

पाँच वटा दल र एक जना स्वतन्त्रले चुनाव जितेका छन्- प्रदेश २ को प्रदेशसभामा। रौतहटको क्षेत्र नम्बर ४ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका शेख अबुल कलाम आजाद राजपाकै बागी उम्मेदवार हुन्।

कांग्रेसले प्रत्यक्षमा ८ सिट जितेको छ। उसले समानुपातिकतर्फ योभन्दा बढी सिट हासिल गर्ने निश्चितप्रायः छ।

‘त्रिशंकु संसद्’ बन्ने निश्चित भएको उक्त प्रदेशमा दुई ठूला दल कांग्रेस वा एमालेको समर्थनबिना उक्त प्रदेशमा सरकार बनाउन सक्ने बहुमत जुट्ने सम्भावना देखिँदैन।

प्रदेश २

प्रतिनिधिसधा/प्रदेशसभा

संघीय समाजवादी फोर ९/२०

राजपा १०/१५

एमाले २/१४

कांग्रेस ६/८

माओवादी केन्द्र ५/६

स्वतन्त्र ०/१

- यो खबर मनिका झाले आजको अन्नपूर्णमा लेखेकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ