२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नम्बर २: मधेसवादी दलहरु मिल्दा पनि प्रदेश सरकार बनाउन नसक्ने

२०७४, २७ मंसिर बुधबार ०२:५२

मंसिर २७, जनकपुरधाम | प्रदेश २ मा क्षेत्रीय प्रभाव राख्ने दुई मधेसकेन्द्रित दलहरू राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र संघीय समाजवादी फोरम नेपाल दुई वटा दल मिलेर पनि प्रदेश सरकार बनाउन नसक्ने जनादेश प्राप्त भएको छ । 

‘प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने) का प्रदेशसभाका ६४ सिटको परिणाम प्राप्त हुँदा मिलेर चुनाव लडेका यी दुई दल मात्र मिल्दा सरकार बन्न नसक्ने अवस्था आएको छ। प्रदेशसभा प्रत्यक्षतर्फ ६४ मध्ये २० सिटमा जितेर संघीय फोरम सबैभन्दा ठूलो दल बनेको छ। त्यस्तै, राजपाले १५ सिट हासिल गरेको छ।

समानुपातिकतर्फबाट ४३ प्रदेशसभा सदस्य निर्वाचित हुने प्रदेश २ मा बहुमत हासिल गर्न कम्तीमा यी दुई दलको १७ सिट हासिल गर्नुपर्नेछ। यसका लागि उक्त प्रदेशमा समानुपातिकतर्फ कम्तीमा ४० प्रतिशत मत पाउनुपर्ने हुन्छ, जुन सम्भव देखिँदैन। मंगलबार साँझसम्म २ लाख ६५ हजार ६ सय ५७ मत गन्दा राजपाले करिब २१ र फोरमले १५ प्रतिशत मत मात्र हासिल गरेका छन्।

निर्वाचनअघि प्रदेशमा ‘आक्रमणको निसाना’ बनाइएको एमालेले प्रदेश २ मा प्रत्यक्षतर्फ राजपाभन्दा एक सिट मात्र कम अर्थात १४ सिट जितेको छ भने गठबन्धनको अर्को घटक माओवादी केन्द्रको ६ सिट छ।

दुवै दल गरी गठबन्धनले प्रत्यक्षतर्फ २० सिट जितेका छन्। यी दुई दल प्रदेश २ को सत्तामा सहभागी नभए प्रतिपक्षीको हैसियतमा रहनेछन्।वाम गठबन्धनका एमाले-माओवादीले समानुपातिकतर्फ एक तिहाइ मात्र भोट प्राप्त गरे भने पनि यसमा अरू १४ सिट थपिने छन्।

पाँच वटा दल र एक जना स्वतन्त्रले चुनाव जितेका छन्- प्रदेश २ को प्रदेशसभामा। रौतहटको क्षेत्र नम्बर ४ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका शेख अबुल कलाम आजाद राजपाकै बागी उम्मेदवार हुन्।

कांग्रेसले प्रत्यक्षमा ८ सिट जितेको छ। उसले समानुपातिकतर्फ योभन्दा बढी सिट हासिल गर्ने निश्चितप्रायः छ।

‘त्रिशंकु संसद्’ बन्ने निश्चित भएको उक्त प्रदेशमा दुई ठूला दल कांग्रेस वा एमालेको समर्थनबिना उक्त प्रदेशमा सरकार बनाउन सक्ने बहुमत जुट्ने सम्भावना देखिँदैन।

प्रदेश २

प्रतिनिधिसधा/प्रदेशसभा

संघीय समाजवादी फोर ९/२०

राजपा १०/१५

एमाले २/१४

कांग्रेस ६/८

माओवादी केन्द्र ५/६

स्वतन्त्र ०/१

- यो खबर मनिका झाले आजको अन्नपूर्णमा लेखेकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी