२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के श्रीमतीले श्रीमानको औंला पोलेरै खाईन् त ?

२०७४, १४ पुष शुक्रबार ०२:१९

पुस १४, दाङ । श्रीमान श्रीमतीबीच हुने विवादले ‘हत्या’ को रुप लिएका घटनाहरू बाहिर आइरहेका हुन्छन् । 

तर दाङमा एउटा घरायसी विवादले यस्तो रुप लियो, झगडाकै क्रममा श्रीमतीले आफ्नै श्रीमानको मासु खाइन्। जुन घटना दाङमा पहिलो हो । सुन्दा पनि आश्चर्य लाग्ने यो घटना दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ भमके भन्ने गाउँको हो । 

६४ वर्षीया वृद्धा रिसमी महतराले श्रीमान चन्द्रबहादुरको चारवटा औँला काटेर पोलेर खाएकी छन् । यो खबर देवेन्द्र बस्नेतले आजको नगरिक दैनिकमा लेखेका छन् ।

‘यो आश्चर्य चकित पार्ने घटना भएको छ,’ ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले भने ‘श्रीमानको हातका चार वटा औँला काटेर श्रीमतीले खाएकी छिन् ।’ यो घटनाको मूल कारण घरायसी विवाद थियो।  

प्रहरीका अनुसार चन्द्रबहादुरले श्रीमती रिसमीलाई मदिरा सेवन गरेर जहिल्यै कुटपीट गर्थे । लामो समयदेखि मदरा सेवन गरेर भकुर्ने श्रीमान देखि रिसमी आजित बनिसकेकी थिइन् । 

‘जहिल्यै रक्सी खाएर आउने अनि मलाई कुट्ने गर्थे,’रिसमीको भनाई उद्धृत गर्दै डिएसपी सापकोटाले भने ‘धेरै लामो समय देखि लोग्नेको अत्याचार सहिरहेको थिएँ ।’ 

बुधबार राती पनि चन्द्रवहादुर मदिरा सेवन गरेरै घर फिरे । पहिले जस्तै उनी श्रीमतीसँग बाझ्न थाले । रिसमीले आफूलाई रोक्ने प्रयास गरिन् । तर चन्द्रबहादुर उनिमाथि जाई लाग्न थाले । 

श्रीमानले आफूलाई भकुर्न थालेपछि रिसमीले होस गुमाइन् । नजिकै रहेको अचानोमा श्रीमानको दायाँ हात राखिन् अनि नजिकै रहेको गराँसी (मासु काट्ने धारिलो हतियार) ले उनको चारवटा औँला जरैबाट छिनालिदिइन्।


‘सुरुमा विवाद हुँदासम्म श्रीमतीले सहेकी रहिछन्,’सापकोटाले भने ‘पछि कुटपिट हुन थालेपछि उनले होस गुमाएकी रहिछन् ।’ प्रहरीका अनुसार रिसमीले छुट्टिएका चार वटा औँला दन्किरहेको आगोमा पोलिन्, अनि खाइन् । 

ति महिलाले रिसको चरम सीमामा रहेकाले पोलेर खाएको प्रहरीलाई बयान दिएकी छिन् । ‘रिसले केही सोचिन र यसको मासु खान्छु भनेर औँला पोलेर खाएकी हुँ,’ ति महिलाको भनाई उद्धृत गर्दै डिएसपी सापकोटाले भने ‘चारवटै औँला पोलेर खाएको भन्ने बयान दिएकी छिन्।’ 

यो घटनाबारे गाउँलेहरूले जानकारी पाएपछि प्रहरी घटनास्थल पुग्यो । औँला पोलेर खाएको भन्नै महिलाको बयान प्रति आशंकामा रहेको प्रहरीले चन्द्रबहादुरका चार वटा औँलाको खोजी गर्यो तर कतै फेला पारेन । 

‘आगो दन्किरहेको थियो, औँला काटेर त्यही आगोमा पोलेर खाएकी हुँ भनेर औँला नखोज्नुस् भनेर ति महिलाले भनिन्,’ डिएसपी सापकोटाले भने। 

श्रीमानको ज्यादती सहन नसकेर औँला काटेर खाएको बताएकी ति महिलालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । अहिलेसम्म रिसको सीमा पार भएपछि औँला पोलेर खाएको भन्ने मात्रै ति महिलाले बयान दिएकी छिन् ।

‘खाली रिसको सीमा चरमचुलीमा पुगेपछि यो घटना भएको भनेर ति महिलाले बयान दिएकी छिन्,’सापकोटाले भने ‘हामी थप अनुसन्धानमै छौँ ।’ ‘हामीहरूले गाउँलेहरूलाई पनि ति महिलाको मानसिक सन्तुलनबारे सोधपुछ गर्यौँ,’डिएसपी सापकोटाले भने ‘तर ति महिला मानसिक रुपमा ठिक छिन् ।’ 

औँला काटिएका चन्दबहादुरलाई तुलसीपुर स्थित राप्ती अञ्चल अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि नेपालगन्ज लगिएको छ। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो