२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घरधनी भन्छन्,- ‘मेरामा वार्ता गर्दा प्रसन्न भएर फर्किनुहुन्छ’

२०७४, ७ फाल्गुन सोमबार ०१:४६

फागुन ७, काठमाडौं । आइतबार बिहान १० बजे मेडिकल कलेजका सञ्चालक व्यापारी दुर्गा प्रसार्इंको भक्तपुर सानोठिमीस्थित निवासमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुगे। दाहाललाई स्वागत गर्न प्रसार्इं ढोकामै थिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

‘ओलीजी आइपुग्दै हुनुहुन्छ होला’, दाहालले प्रसार्इंसँग भने। प्रसाईंले उनलाई डोर्‍याउँदै घरभित्र लगे। दाहाल प्रसाईंसँग गफिँदै गर्दा साढे १० बजे प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली पनि सुटुक्कै प्रसार्इं निवास छिरे।

मूलधारका राजनीतिक दलका प्रमुख दुई पात्र प्रसाईंको घरमा कुनै कार्यक्रम भएर पुगेका थिएनन्। एमाले-माओवादी एकताका लागि मिल्न बाँकी विषयमा ‘गोप्य छलफल’ का लागि ओली-दाहाल प्रसाईं निवास छिरेका थिए।

दुई अध्यक्षबीच मात्रै छलफल गर्न खोजिएको सूचना दाहालमार्फत प्रसाईंलाई पहिल्यै दिइएको थियो। प्रसार्इंको घरमा एमाले-माओवादी पार्टी एकता केन्द्रित भएर छलफल भएको आइतबार पहिलो पटक भने होइन। ययअघि पनि १२ माघको साँझ दुवै नेताले त्यही घरमा अढाई घण्टाभन्दा लामो छलफल गरेर उठेका थिए।

‘दुई पार्टी एकता क्रममा दोस्रोपटक मेरो घरमा उहाँहरू (ओली-दाहाल) को छलफल भयो, पहिले पनि भएको थियो’, प्रसार्इंले अन्नपूर्णसँग भने, ‘वार्ताको वातावरण बिग्रिएजस्तो देखिएका बेला दुवै अध्यक्ष मेरो निवासमा छलफलका लागि आउन थाल्नुभएको छ, यहाँ बसेर छलफल गरेर प्रसन्न मुद्रामा मिलेर निस्कने गर्नुभएको छ, आइतबार पनि दुवै नेता पहिलेजस्तै गरी खुसीसाथ निस्कनुभएको छ।’

ओली-दाहाललाई आफ्नो निवासमा स्वागत गरेका प्रसार्इंले साढे १० बजेदेखि १ बजेसम्म कुनै ‘डिस्टर्भ’ गरेनन्। दिउँसो १ बजे भने खाना तयार भएपछि लन्चका लागि आग्रह गर्न उनी दुई अध्यक्ष छलफल गर्न बसेका स्थानमा पुगेका थिए।

त्यसपछि भने झन्डै आधा घण्टा ओली-दाहाल र प्रसाईंसँगै बसेर लन्च लिए। प्रसाईंले लन्चमा मुर्सीको खाना, सागलगायत परिकार बनाउन लगाएका थिए। ‘लन्चको समयमा खानाको स्वाद, मुर्सी, साग कहाँबाट ल्याएको जस्ता विषयमै चर्चा÷परिचर्चा भए’, उनले भने, ‘दुई नेताबीच त्यसबेला कुनै राजनीतिक कुराकानी भएन।’

खाना खाएसँगै पुनः ओली-दाहाल फेरि ‘वन-अन-वन’ वार्तामा जुटेका थिए। ‘उहाँहरू दुई जनाको मात्र छलफलका बेला अन्य कुनै नेता आउने-जाने भएन, दुई जनाले मात्रै खुलेरै सौहार्दपूर्ण वातावरणमा कुराकानी गरेको बुझिन्छ’, उनले भने, ‘पछि साढे ३ मा दुवै नेता हर्षित मुद्रामा उठेर अब लाग्यौं भन्दै निस्कनुभयो, मेरो बुझाइमा उहाँहरूले कुनै न कुनै सहमति जुटाएरै सकारात्मक सन्देश बोकेर मेरो घरबाट निस्कनुभएको छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन