२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सात नम्बर प्रदेशका मन्त्रालयमा भद्रगोल !

२०७४, १२ फाल्गुन शनिबार ०१:५७

फागुन १२, कैलाली  ।  खटाइएका कर्मचारी नपुग्दा प्रदेश नम्बर ७ का मन्त्रालय व्यवस्थापनमा समस्या भएको छ । मन्त्रालयका भवन निर्धारण भएपनि मर्मत र रंगरोगन अझै सकिएको छैन ।

कार्यस्थलसहित कर्मचारी नहुँदा अलमलमा परेका मन्त्रीहरु विभिन्न कार्यालय र योजनाको अनुगमन भन्दै समय कटाइरहेका छन् । 

मन्त्री नियुक्त भएपछि सुरु गरिएको आन्तरिक व्यवस्थापन अत्यन्तै सुस्त छ । 

प्रदेश मुकाम तोकिएको डेढ महिना बित्दा पनि मन्त्रालय भवनको मर्मत र रंगरोगन जारी छ । उत्साही भएर मन्त्रालय छिरेका मन्त्रीले राम्रो कार्यकक्षसमेत पाएका छैनन् । मन्त्रीकै कार्यकक्षमा विद्युत, टेलिफोनजस्ता अत्यावश्यक सेवा छैन । खटाइएका कर्मचारीसमेत नपुग्दा आन्तरिक व्यवस्थापनको जिम्मेवारी कसलाई सुम्पिने भन्नेमा मन्त्री नै अन्योलमा छन् ।

प्रदेश नम्बर ७ का विषयगत मन्त्रालयमा २ सय ८७ कर्मचारीको दरबन्दी छ । तर, केन्द्र सरकारले खटाएका अधिकांश कर्मचारी कार्यालयमा हाजिर भएका छैनन् । कर्मचारी नै नहुँदा व्यवस्थापकीय काम प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा त इञ्जिनियर, लेखापाल र कार्यालय सहयोगी गरी ३ कर्मचारी मात्रै छन् । मन्त्रालयमा सचिवसमेत नभएपछि एकपछि अर्को योजना अगाडि सार्नेमा महत्वकांक्षामा रहेका मन्त्री कसरी काम अगाडि बढाउने भन्ने अलमलमा छन् ।

केन्द्र सरकारले पर्याप्त कर्मचारी नपठाउँदा र पठाएका पनि समयमै नपुग्दा समस्या भइरहेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । कार्यालयगत संरचना तयार नभएकाले पुगेका कर्मचारी पनि कसो गर्ने भन्ने अन्योलमा छन् । केन्द्र सरकारले सम्बन्धित क्षेत्रको दक्ष कर्मचारी पठाए मात्रै प्रदेशका मन्त्रालय सहजरुपमा चल्ने मुख्यमन्त्री कार्यालयको बुझाइ छ ।

कर्मचारी र पूर्वाधार नहुँदा मन्त्रीहरु प्रायः कार्यालय बाहिर नै रहन्छन् । कार्यालयगत काम नभएका कारण मन्त्रीहरु विभिन्न कार्यालय र योजनाको अनुगमन भन्दै घुमिरहेका छन् । तर, स्थानीय भने आफ्नै कार्यालय व्यवस्थापन गर्न नसक्ने मन्त्रीले के गर्लान भन्ने प्रश्न उठाउन थालेका छन् । – न्युज-२४बाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस