२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

प्रदेश नबर १ कै सबैभन्दा धेरै योजना झापामा, साढे ३ खर्बको यस्ता योजना

२०७४, १२ फाल्गुन शनिबार ०२:०८

फागुन १२, झापा | प्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकाभित्र साढे तीन खर्बभन्दा बढीका योजना परेका छन् । एमाले अध्यक्षसमेत रहेका ओलीको गृहनगर तथा निर्वाचन क्षेत्रमा पर्ने यस नगरपालिकामा प्रदेश नबर १ कै सबैभन्दा धेरै योजना परेका हुन् ।

नगरभित्र एक सय करोडभन्दा बढीका ६ योजना परेका छन् । करोडभन्दा माथिका डेढ दर्जन बढी योजना परेको नगरपालिकाका प्रशासकीय अधिकृत युवराज दाहालले जानकारी दिए ।

नगरपालिकाभित्र औद्योगिक पार्क, विश्वकै अग्लो बुद्ध मूर्ति, भ्यु टावर, विज्ञान पार्क, फाल्गुनन्द सभागृह, सपिङ कम्प्लेक्स्, नमुना बजार, रोज गार्डेन पार्क, रिङरोड, संग्रहालय, पुल निर्माण, कालोपत्रे, प्रज्ञा प्रतिष्ठान, पशु बजार निर्माणलगायतका योजना परेका हुन् ।

दाहालका अनुसार करोडभन्दा साना योजना दर्जनौं सञ्चालित छन् । वडा नम्बर १० मा चीन सरकारको लगानीमा औद्योगिक पार्क बन्ने भएको छ । चीनको वान बेल्ड वान रोड अन्तर्गत २२ सय बिघा क्षेत्रफलमा औद्योगिक पार्क निर्माण प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै