सुर्खेत विमानस्थलबाट सेनाको हेलिकोप्टर च"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुर्खेत विमानस्थलबाट सेनाको हेलिकोप्टर च"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हेलिकप्टरबाट पुग्यो हुम्लामा गाडी

१८ फाल्गुन २०७४, शुक्रबार ०२:०४

फागुन १८, काठमाडौँ । राष्ट्रिय सडक सञ्जालले नजोडेको हुम्ला सदरमुकाम सिमिकोटमा हेलिकप्टरबाट गाडी पुर्याइएको छ । 


सुर्खेत विमानस्थलबाट सेनाको हेलिकोप्टर चार्टर गरेर सिमिकोट विमानस्थलमा गाडी ओरालिएको समाचार आजको नयाँपत्रिका दैनिकमा नरजन तामाङले समाचार लेखेका छन्।

सिमिकोट गाडी पुर्‍याउँदासम्म ३६ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।

हुम्ला सदरमुकाम सिमिकोटलाई कालिकोटबाट कर्र्णाली राजमार्ग र चीनको तिब्बतस्थित हिल्साबाट सीमा सडकले जोड्दै छ । उत्तरतिर हिल्साबाट नाम्खा गाउँपालिकाको ओखरथलासम्म ७१ किलोमिटर सडक बनेको छ । ९५ किमि लामो यो सडकले सिमिकोट जोड्न अझै २४ किमि बाँकी छ।

सुर्खेतबाट सिमिकोटसम्म दुई सय ९० किलोमिटर कर्र्णाली राजमार्ग निर्माणाधीन छ । यसमा कालिकोटको लालुबाट बाजुरा हुँदै हुम्लाको सिमिकोटसम्म एक सय ९६ किलोमिटर सडकको ट्रयाक खोल्ने काम भइरहेको छ, भने उता सिमिकोटबाट दक्षिणतिर खार्पुनाथसम्म ११ किमि सडक बनेको छ । त्यही सिमिकोट–खार्पुनाथ सडकमा गाडी चल्ने गरेका हुन् । यसमा तीन सय ५० रुपैयाँ भाडा लाग्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य