२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा संचालित होटलहरुको अनुगमन

२०७४, ३० चैत्र शुक्रबार ०३:००

चैत ३०, दाङ | जिल्लामा सञ्चालन भएका होटलको बिहीबार अनुगमन गरिएको छ । वास फोरम र घोराही उपमहानगरपालिका–१४ ले गरेको अनुगमनमा अधिकांश होटलमा सरसफाइ नभएको पाइएको अनुगमन टोलीले जनाएको छ । 

अनुगमनका क्रममा अधिकांश होटलले पकाएर राखेका वस्तु खुल्ला रुपमा राखेको पाइएको वास फोरमका संयोजक गोविन्द खड्काले जानकारी दिनुभयो । खुल्ला खाने वस्तुमा झिँगा लागेको पाइएको थियो । 

“होटलहरुमा चाउमिन, समोसा, पकौडी, नमकिन, मिठाई, मासुसमेत खुल्ला रुपमा राखिएको पाइयो,” संयोजक खड्काले भन्नुभयो । 

त्यसैगरी कतिपय होटलका शौचालयसमेत फोहर पाइएको अनुगमन टोलीले जनाएको छ । कतिपय शौचालय दुर्गन्धित भई प्रयोग गर्र्न सक्ने अवस्थामा नरहेको पाइएको थियो भने कतिपय होटलमा खाना पकाउने र भाडा सफा गर्नेसमेत नजिकै रहेको पाइएको थियो । टोलीले होटललाई सफा राख्न, खानेकुरा छोपेर राख्न, शौचालयको सफाइ गर्न तथा खाना बनाउने स्थान र भाँडा मिस्ने स्थान छुट्टाछुट्टै बनाउन सुझाव दिएको थियो । वडा नं १४ लाई सरसफाइयुक्त वडा बनाउने अभियान जारी छ । 

अनुगमन टोलीमा पत्रकार महासंघका सचिव उदय जिएम, वास फोरमका संयोजक खड्का, वडाध्यक्ष शक्तिराम डाँगी, जिल्ला सरसफाइ फोकल पर्सन तिलक न्यौपाने, वडा नं १४ का सचिव तिलकराम डिसीलगायत सम्मिलित हुनुहुन्थ्यो ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै