२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा संचालित होटलहरुको अनुगमन

३० चैत्र २०७४, शुक्रबार ०३:००

चैत ३०, दाङ | जिल्लामा सञ्चालन भएका होटलको बिहीबार अनुगमन गरिएको छ । वास फोरम र घोराही उपमहानगरपालिका–१४ ले गरेको अनुगमनमा अधिकांश होटलमा सरसफाइ नभएको पाइएको अनुगमन टोलीले जनाएको छ । 

अनुगमनका क्रममा अधिकांश होटलले पकाएर राखेका वस्तु खुल्ला रुपमा राखेको पाइएको वास फोरमका संयोजक गोविन्द खड्काले जानकारी दिनुभयो । खुल्ला खाने वस्तुमा झिँगा लागेको पाइएको थियो । 

“होटलहरुमा चाउमिन, समोसा, पकौडी, नमकिन, मिठाई, मासुसमेत खुल्ला रुपमा राखिएको पाइयो,” संयोजक खड्काले भन्नुभयो । 

त्यसैगरी कतिपय होटलका शौचालयसमेत फोहर पाइएको अनुगमन टोलीले जनाएको छ । कतिपय शौचालय दुर्गन्धित भई प्रयोग गर्र्न सक्ने अवस्थामा नरहेको पाइएको थियो भने कतिपय होटलमा खाना पकाउने र भाडा सफा गर्नेसमेत नजिकै रहेको पाइएको थियो । टोलीले होटललाई सफा राख्न, खानेकुरा छोपेर राख्न, शौचालयको सफाइ गर्न तथा खाना बनाउने स्थान र भाँडा मिस्ने स्थान छुट्टाछुट्टै बनाउन सुझाव दिएको थियो । वडा नं १४ लाई सरसफाइयुक्त वडा बनाउने अभियान जारी छ । 

अनुगमन टोलीमा पत्रकार महासंघका सचिव उदय जिएम, वास फोरमका संयोजक खड्का, वडाध्यक्ष शक्तिराम डाँगी, जिल्ला सरसफाइ फोकल पर्सन तिलक न्यौपाने, वडा नं १४ का सचिव तिलकराम डिसीलगायत सम्मिलित हुनुहुन्थ्यो ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ