२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलात्कारपछि हत्याका पाँच अभियुक्तलाई सफाइ

२०७५, ३ आश्विन बुधबार ००:४२

असोज ३ महोत्तरी | साविकको सुन्दरपुर र हाल सोनमा गाउँपालिका घर भएकी १४ बर्षीया किशोरीलाई अपहरणपछि जबरजस्ती करणी गरी हत्या गरेको अभियोग लागेका पाँच जनालाई महोत्तरी जिल्ला अदालतले सोमबार सफाइ दिएको छ । 

सुन्दरपुरकी १४ बर्षीया किशोरी सबिताकुमारी राय यादवलाई २०७२ भदौ १२ गतेका दिन अपहरणपछि जबरजस्तीकरणी गरी हत्या गरेको अभियोग लागेका साबिकको सुन्दरपुरका रामजीवन राउत, गौरीशंकर राउत, दशरथ राउत, रामश्रेष्ठ महतो र नवीन महतोलाई महोत्तरी जिल्ला अदालतले अभियोगपत्रमा दाबी गरेअनुसार सबुत नभेटिएको भन्दै सफाइ दिएको हो । 

जिल्ला अदालत महोत्तरीले न्यायाधीश दण्डपाणि शर्माको इजलासले अभियोग दाबीअनुसार सबुत प्रमाणको अभावका कारण पाँचैजनालाई सफाइ दिएको समाचार आजको नागरिक दैनिकको पृष्ठ ५ मा छापिएको छ ।

अदालतबाट सफाइ पाएपछि घटना भएलगत्तै पक्राउ परी पुर्पक्षका लागि जलेश्वर कारागारमा रहेका अभियुक्तमध्येका रामजीवन पनि रिहा भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै