२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एउटा यस्तो विद्यालय जसलाई बन्दले कहिल्यै छुन सकेन

२०७५, ३ चैत्र आईतवार ०२:२६

चैत ३, भद्रपुर | नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गत बिहीबार बन्द आह्वान गर्‍यो यसको प्रभाव मुलुकभरका विद्यालयमा पर्‍यो झापाको भद्रपुर नगरपालिका–३ सानोगाउँस्थित मेची आधारभूत विद्यालयमा भने त्यस दिन पूरै पढाइ भयो ।

विद्यार्थी ४ बजे छुट्टी भएपछि घर फर्किए । विद्यालयमा बन्दकर्ता हौं भन्दै कोही पुगेनन् । शिक्षक र विद्यार्थीले धम्कीपूर्ण व्यवहार पनि खेप्न परेन । मेची नदीपारि भारतीय भूमिसँगै सिमाना जोडिएको गाउँमा रहेको यो विद्यालयमा भयरहित वातावरणमा पठनपाठन भयो । भोलिपल्ट पनि विद्यालयको पठनपाठनमा अवरोध भएन ।

यसअघि पटकपटका बन्दहडतालमा पनि विद्यालयमा पठपाठन हुँदै आएको छ। सार्वजनिक बिदाबाहेक विद्यालय बन्द हुँदैन । यहाँका अभिभावक र शिक्षकले बन्दहडतालबाट शैक्षिक क्षेत्र चौपट हुने राम्ररी बुझेका छन् ।

कुनै समूह विद्यालय बन्द गर्नुपर्छ भन्दै आएमा अभिभावक सामूहिक प्रतिकारमा उत्रन्छन् । त्यसमा शिक्षक र विद्यार्थीले साथ दिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै