२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

अमेरिका र इरानबीच बढेको तनावको असर नेपालसम्म

२१ पुष २०७६, सोमबार ०३:०७

पुष २१, काठमाडौँ | अमेरिका र इरानबीच बढेको तनावको असर नेपालसम्म देखिएको समाचार छ । काठमाडौंस्थित अमेरिकी दूतावासमा सुरक्षा सतर्कता बढाइएको छ । 

अमेरिकी आक्रमणमा शुक्रबार इरानी सेनाको विशेष दस्ता क्विड फोर्सका सैनिक कमान्डर जनरल कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको छ । बदलामा इराकस्थित अमेरिकी दूतावासनजिक रकेट आक्रमण भएको थियो । 


केन्यास्थित अमेरिकी दूतावासमा पनि आक्रमण भएपछि अमेरिकाले आफ्ना दूतावासहरूमा समेत सतर्कता बढाएको छ । त्यहीअनुसार दूतावास आसपास सुरक्षामा थप कडाइ गरिएको उच्च प्रहरी स्रोत बताउँछ । 

काठमाडौंस्थित अमेरिकी दूतावासले यसबारे अनौपचारिक रूपमा नेपालका सुरक्षा अधिकारीहरूसँग कुरा गरिसकेका छन् । ‘नेपाल मात्र होइन सबै देशका आफ्ना दूतावासहरूमा उनीहरूले सतर्कता बढाएका छन्,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘त्यहीअनुसार प्रहरी परिचालन बढाइएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै