असार २, काठमाडौं । दशवर्षे द्वन्द्वकालका मुख्य नेता पुष्पकमल दाहाल दोस्रोपल्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २, काठमाडौं । दशवर्षे द्वन्द्वकालका मुख्य नेता पुष्पकमल दाहाल दोस्रोपल्ट"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनयुद्ध नै दोहोर्‍याउने होइन, एकीकृत जनक्रान्ति गर्ने हो: विप्लव

२०७३, २ श्रावण आईतवार ०२:३६


असार २, काठमाडौं । दशवर्षे द्वन्द्वकालका मुख्य नेता पुष्पकमल दाहाल दोस्रोपल्ट प्रधानमन्त्री बन्ने तयारी गर्दैगर्दा उनका दोस्रो तहका एक सहयात्री नेत्रविक्रम चन्द ‘विप्लव’ फेरि अर्को विद्रोहको चेतावनी दिइरहेका छन् । केही समययता अर्धभूमिगत नेकपा माओवादीका महासचिव चन्द मंगलबार राजधानीस्थित एक कार्यकर्ताको डेरामा कान्तिपुरका लागि उपलब्ध भए ।


उनले दाहाल, बाबुराम भट्टराईलगायत नेताले शान्ति प्रक्रिया सुरु भएयता लिएका निर्णयको आलोचना गर्दै केही सैद्धान्तिक प्रश्नहरु उठाए । अनि आफ्नो नेतृत्वमा अब गर्ने भनिएको आन्दोलनबाट राजनीतिक शक्ति आर्जन गर्ने रणनीति रहेको छनक दिए । चन्दसँग सुधीर शर्मा र बसन्त बस्नेतले गरेको कुराकानी आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।


अर्को आन्दोलन गर्ने, विद्रोह गर्ने भन्ने वास्तविकता के हो भन्ने कान्तिपुरको प्रश्नमा उनले भने, ‘ यसका बारेमा बजारमा हामीले सोचेभन्दा फरक प्रचार आएको छ । जनयुद्ध नै दोहोर्‍याउने होइन, एकीकृत जनक्रान्ति गर्ने हो । जनयुद्ध र जनविद्रोहभन्दा मौलिक, जनताको आवश्यकताअनुसार क्रान्तिलाई लैजाने हो ।’


एकीकृत क्रान्तिको स्वरुपका बारेमा उनले जनताको मतद्वारा निर्धारण हुने बताएका छन् । उनले भने, ‘जनताले बिषयलाई उठाउँदा आवाजबाट नै उठाउँछन् । हामी त्यसको प्रतिनिधित्व गर्छौ । त्यसको स्वरुप एकै खालको हुन्छ भन्ने छैन । जनसंघर्षकै रुपमा विकास हुन्छ । त्यसको उत्कर्षमा के हुन्छ, अहिले भन्न सकिन्न । हामीचाहिं सबै विकल्पका लागि तयार हुनुपर्छ भन्नेमा छौं ।’


माओवादी घटकहरुको ध्रविकरणको बारेमा प्रचण्डले गरिरहेको कोसिस प्रति लक्षित गर्दै कान्तिपुरले सोधेको प्रश्नमा उनले भने, ‘त्यसलाई मैले प्रचण्डको राजनीतिक अवसानपछिको ‘ड्रामा’का रुपमा हेरेको छु । हिजोको ‘रियल’ प्रचण्डको राजनीतिक जीवनको अन्त्य भएपछि रहलपहलहरुलाई जोड्ने काम हो । यसको औचित्य छैन ।’



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह