साउन ३, काठमाडौं । नौ महिना अघि आफ्नै समर्थनमा बनेको एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेकपा माओवादी केन्द्र आफ्नै नेतृत्वमा सरकार बनाउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३, काठमाडौं । नौ महिना अघि आफ्नै समर्थनमा बनेको एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेकपा माओवादी केन्द्र आफ्नै नेतृत्वमा सरकार बनाउ"/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीबाट को-को बन्दैछन् मन्त्री ?

२०७३, ३ श्रावण सोमबार ०२:००


साउन ३, काठमाडौं । नौ महिना अघि आफ्नै समर्थनमा बनेको एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेकपा माओवादी केन्द्र आफ्नै नेतृत्वमा सरकार बनाउने पहलमा छ ।

नेपाली कांग्रेससँग मन्त्रालय संख्या नै टुंग्याएर लगभग अब माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने अन्तिम तयारी छन् । नयाँ सरकार गठनका लागि संवैधानिक जटिलताबीच एकातिर बहस तातिरहँदा माओवादी केन्द्रभित्र भने अब बन्ने सरकारमा को को मन्त्री हुने भन्ने गृहकार्य भइरहेको जनाइएको छ ।

नेपाली कांग्रेस र माओवादीबीच आन्तरिक सहमति अनुसार, कांग्रेसलाई १३ मन्त्रालय र माओवादीलाई नौ मन्त्रलाय बाँडिने सहमति भएको छ । तर, कुन दललाई कुन मन्त्रालय भन्ने विषय भने टुंगिएको छैन । अध्यक्ष प्रचण्डले दुबै दलका दोस्रो तहका नेतालाई मन्त्रालय टुंग्याउने जिम्मा दिएका छन् 

यता, माओवादीबाट को को मन्त्री हुने भनेर कृष्णबहादुर महरासहितका नेताहरु गृहकार्यमा जुटेका छन् । महराको हातमा दर्जन ठूला सूचि समेत बनिसकेको स्रोतले बतायो । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्दा गृहमन्त्री भने कांग्रेसको भागमा पर्ने भएको छ । यता, महराले उपप्रधानसहित अर्थ मन्त्रालय सम्हाल्ने धेरै सम्भावना छ । नेता दर्नादन शर्मा भने गृह मन्त्रालय नपाए सरकारमा नजाने अठानमा छन् ।

ओलाी सरकारको पालमा शिक्षामन्त्री सम्हालेका गिरिराजमणी पोखरेल र सामान्य प्रशासन मन्त्रालय सम्हालेकी रेखा शर्मा अब बन्ने मन्त्रीमण्डलमा दोहोरिने सम्भावना छ । थारु क्लस्टरबाट सन्तकुमार थारुको सम्भावना हटेकाले गौरीशंकर थारु मन्त्री मण्डलमा पर्ने चर्चा धेरै रहेको छ । 

त्यस्तै भेरी कर्णालीबाट महेन्द्रबहादुर शाही, राप्तीबाट टेकबहादुर बस्नेत,नेता राम कार्की, प्रमुख सचेतक हितराज पाण्डे, मधेसबाट प्रभु साह, दलितबाट दलजीत श्रीपाइली मन्त्री हुने सम्भावना बढि रहेको चर्चा माओवादी केन्द्रमा छ । -साँघु साप्ताहिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन