साउन ३, काठमाडौँ  माओवादी केन्द्रमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ प्रकाशबीच सरकारका बारेमा केही मतभेद देखिएको छ । पछिल्लो समय सत्ता परिवर्तनक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३, काठमाडौँ  माओवादी केन्द्रमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ प्रकाशबीच सरकारका बारेमा केही मतभेद देखिएको छ । पछिल्लो समय सत्ता परिवर्तनक"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

प्रचण्ड र नारायणकाजीबीचको बिबादको चुरो यस्तो छ !

३ श्रावण २०७३, सोमबार ०३:००

साउन ३, काठमाडौँ  माओवादी केन्द्रमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ प्रकाशबीच सरकारका बारेमा केही मतभेद देखिएको छ । पछिल्लो समय सत्ता परिवर्तनको विषयमा नारायणकाजी श्रेष्ठले फरकमत राख्दै आएका छन् ।

नारायणकाजीको पछिल्लो विरोधबाट सरकार सम्बन्धमा माओवादी केन्द्रमा अझै मतभेद जारी देखिएको छ ।माओवादी स्रोतका अनुसार, नारायणकाजी श्रेष्ठले ओली सरकार ढाल्ने निर्णय पार्टीले लिएसँगै आफूलाई जानकारी नै नभएको र यस्तो गर्नु नाजायज भएको विचार सार्वजनिक रुपमा राख्दै आइरहे पनि सरकार ढाल्ने निर्णयमा श्रेष्ठले पहिले नै सहमति जनाएका थिए ।

‘प्रचण्डले नाराणयकाजी श्रेष्ठको सल्लाहअनुसार नै एमाले अक्ष्यक्ष केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका थिए ’ स्रोत भन्छ, ‘नारायणकाजी श्रेष्ठले भनेजस्तो सल्लाह नै नगरी प्रचण्डले सरकार ढाल्ने खेल खेलेको भन्ने कुरा गलत हो ।’

‘एमाले पछिल्लो पटक माओवादीसँग धेरै लचक हुँदै थियो, तपाईले हतार हतार सरकारबाट फिर्ता हुने निर्णय गर्नुभयो, मलाई सोध्नु पनि भए, भन्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले २०७३ असार ३१ गते प्रचण्ड निवास लाजिम्पाटमा बसेको पार्टी केन्द्रीय कार्यालय बैठकमा अध्यक्ष प्रचण्डमाथि खनिएको थाहा भएको छ ।

स्रोतका अनुसार, नारायणकाजीले त्यति भनेपछि प्रचण्डले भने, ‘मलाई पोलिटब्युरो बैठक र दुई पटक बसेको केन्द्रीय कार्यालयको बैठकले निर्णय गर्न जिम्मा दिएको होइन, तपाई आफैं हुनुहुन्थ्यो होइन र कमरेड बैठकमा ? प्रचण्डले यति भनेपछि श्रेष्ठ केही मत्थर भए ।- साँघु साप्ताहिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार