साउन ३,काठमाडौं । सरकारले जाँदाजाँदै प्रधानमन्त्री र प्रभावशाली मन्त्रीका आफन्त, नेता तथा पहुँचवालालाई राज्यको ढुकुटीबाट १ करोड ३१ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ ।

मन्त्रिपरिषदको गत अस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३,काठमाडौं । सरकारले जाँदाजाँदै प्रधानमन्त्री र प्रभावशाली मन्त्रीका आफन्त, नेता तथा पहुँचवालालाई राज्यको ढुकुटीबाट १ करोड ३१ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ ।

मन्त्रिपरिषदको गत अस"/>

२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राज्यको ढुकुटीबाट एक दिनमै १ करोड ३१ लाख लिनेहरुको नामावली यसप्रकार छ !

२०७३, ३ श्रावण सोमबार ०३:४७

साउन ३,काठमाडौं । सरकारले जाँदाजाँदै प्रधानमन्त्री र प्रभावशाली मन्त्रीका आफन्त, नेता तथा पहुँचवालालाई राज्यको ढुकुटीबाट १ करोड ३१ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ ।

मन्त्रिपरिषदको गत असार २४ को बैठकले तत्कालीन गृहमन्त्री शक्ति बस्नेतको प्रस्तावमा ७८ जनालाई आर्थिक सहायता दिने निर्णय गरेको हो । सरकार आफैंले बनाई कार्यान्वयनमा ल्याएको ‘विपन्न तथा विशिष्ट व्यक्तिहरूलाई उपचार खर्च दिनेसम्बन्धी कार्यविधि’ विपरीत सरकारले पुनः रकम बाँडेको हो । यसअघि मन्त्रिपरिषद्ले असारको पहिलो साता एकैदिन ३१ जनालाई डेढ करोड बाँडेको थियो ।

कार्यविधिमा विपन्न र विशिष्ट व्यक्तिलाई मात्र अस्पतालको बिलअनुसार उपचार खर्च बेहोर्ने व्यवस्था भए पनि सरकारले कसैलाई पनि आर्थिक सहायता दिन सक्ने व्यवस्था छैन । मन्त्रिपरिषद निर्णयका नाममा कानुनविपरीत सत्तारूढ एमाले र राप्रपा नेपाल तथा प्रतिपक्षी कांग्रेस र माओवादी केन्द्रका पहुँचवाला नेता, सांसद तथा कार्यकर्तालाई आर्थिक सहायता दिइएको हो । मुलुकमा भौतिक पूर्वाधारको विकास तथा गरिब जनताको उत्थानमा सदुपयोग गर्नुपर्ने राज्यको ढुकुटी आर्थिक सहायताका नाममा सरकारले जथाभावी पहुँचवालालाई पोसेको हो ।

जथाभावी आर्थिक सहायता वितरण हुन थालेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले २०६८ सालमा कार्यविधि बनाई कार्यान्वयनमा ल्याएको हो । त्यसलाई कुनै पनि सरकारले पालना गर्ने गरेका छैनन् । अल्पमतमा परिसकेको प्रधानमन्त्री केपी ओली सरकारले समेत कार्यविधि लत्याउँदै धमाधम पहुँचवाला र राम्रो आर्थिक हैसियतवाला व्यक्तिहरूलाई सहायता वितरण जारी राखेको छ । सरकारले ती व्यक्तिलाई किन आर्थिक सहायता दिनुपरेको हो, मन्त्रिपरिषदको निर्णय र गृह मन्त्रालयको प्रस्तावमा केही उल्लेख छैन ।

आर्थिक वर्ष २०७२र७३ मा आर्थिक सहायताका नाममा सरकारले २ सय ७२ जनालाई १५ करोड २७ लाखभन्दा बढी आर्थिक सहायता वितरण गरेको थियो । आर्थिक सहायता पाएकामा सबै पहुँचवाला नेता, प्रधानमन्त्री र नेताका आफन्त, कार्यकर्ता, संवैधानिक निकायका पदाधिकारी र उच्च सरकारी अधिकारी बढी छन् । सरकारले गत असार अन्तिम सातासम्म एक वर्षमा पहुँचवालालाई वितरण गरेको आर्थिक सहायता रकम साढे १८ करोड रुपैयाँभन्दा बढी पुगिसकेको छ ।

उक्त रकम झाडापखाला लागेका बेला जीवनजलसमेत नपाएर अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था भएका अछामसहितका नौवटा दुर्गम जिल्लालाई औषधि खरिद गर्न एक वर्षमा दिइने एकमुष्ठ बजेटभन्दा बढी हो । असार २४ को मन्त्रिपरिषद् बैठकले ७ जनालाई ५० लाख, एक जनालाई ४ लाख, ६ जनालाई ३ लाख, ११ जनालाई २ लाख र ५२ जनालाई १र१ लाख रुपैयाँ सहायता दिएको छ ।

एकै जना पहुँचवालालाई पटक–पटक आर्थिक सहायता दिइएको उदाहरणसमेत छन् । बूढानीलकण्ठ–८ का गोविन्द भट्टराईलाई सरकारले एक महिनामा दुईपटक आर्थिक सहायता दिएको छ । उनलाई असारको पहिलो साता ३ लाख र असार २४ मा ५ लाख रुपैयाँ आर्थिक सहायता दिइएको छ । उनलाई पटक–पटक आर्थिक सहायता दिनुपर्नाका कारण सरकारले उल्लेख गरेको छैन ।

मन्त्रिपरिषदले एमालेका पूर्वसांसद सोमनाथ अधिकारीलाई ५ लाख, बद्रीप्रसाद कोइरालालाई ५ लाख, गोविन्द भट्टराईलाई ५ लाख, लक्ष्मी पन्तलाई ३ लाख, निर्वाचन आयुक्त इला शर्मालाई ३ लाख, मानबहादुर मल्ललाई २ लाख, उदय पाठकलाई २ लाख, रूपसिंह थापालाई १ लाख, सीता घिमिरेलाई १ लाख, राजकुमार सहनीलाई एक लाख, उषा गिरीलाई २ लाख, पूर्वमन्त्री बद्री बस्नेतलाई ३ लाख, विष्णुभक्त फुयाललाई २ लाख र गणेशनाथ योगीलाई एक लाख आर्थिक सहायता दिएको छ ।

सरकारले सौजन लिम्बु, रामसिंह रावल र गणेश उचैलाई एकरएक लाख, प्रकाश शाहलाई २ लाख, कृष्णनिधि तिवारीलाई ३ लाख, कांग्रेस सांसद प्रेमकिशोर शाह तेलीलाई ५ लाख, लक्ष्मणसिंह खडका, रोहित राजवंशी, तुकबहादुर थापा, हरिबहादुर थापा ९जाजरकोट०, हरिबहादुर देहार, मनक्वारा बिटालु, जनकराज गौतम, विष्णुरुद्र उपाध्याय, पानसरी धराला, उदय चलाउने र भुवनकुमार थारूलाई एक÷एक लाख रुपैयाँ आर्थिक सहायता दिएको छ ।

यसैगरी शरद रसाइलीलाई ३ लाख, तिलकबहादुर सारुलाई एक लाख, नारायणबहादुर कार्कीलाई ४ लाख, श्यामलाल श्रेष्ठलाई २ लाख, सानुशिवा पहाडीलाई २ लाख, टीकादेवी पालुंगालाई २ लाख, लालबाबुसिंह भुइँहार, दानबहादुर डंगोल, श्रीन्जु अधिकारी, सुरेशकुमार राई, विक्रम खरेल, सुन्दर कार्की, शारदा चौंलागाईं, गोपालबहादुर अधिकारी, कृष्णबहादुर खडका, डोमा शेर्पा, सुदीप थापा, चेतनारायण आचार्य, श्रीधरप्रसाद श्रेष्ठ, माया लामिछाने, दलबहादुर स्याङतान, गंगाबहादुर थापामगर, दीपक देवकोटा, रेखी बीसी, दत्तबहादुर रावल, जनकबहादुर शाह, दीपेश श्रेष्ठ, गीता पोखरेल काफ्ले, जयबहादुर क्षत्री र रुद्रबहादुर बस्नेतलाई एकरएक लाख रुपैयाँ आर्थिक सहायता दिइएको छ ।

सांसद महेन्द्रबहादुर शाही तथा पूर्वसांसद गोविन्दनाथ उप्रेतीलाई ५–५ लाख, पूर्वसांसद बर्मन बुढालाई २ लाख, नरेन्द्रराज शर्मालाई ३ लाख, अनुप पन्तलाई १ लाख, पार्वती घर्तीलाई १ लाख, मुरलीगोपाल रञ्जितकारलाई २ लाख, तारानाथ शर्मालाई १ लाख, सानुकान्छी तामाङलाई १ लाख, गंगा प्रधानलाई २ लाख, जीवनकुमार गौतमलाई १ लाख, मनबहादुर गायकलाई १ लाख, विष्णुकुमारी अधिकारी १ लाख, नन्दा न्यौपानलाई १ लाख, कमल शाहीलाई १ लाख, रामबहादुर विकलाई एक लाख र विर्मी शाहीलाई ५० हजार रुपैयाँ आर्थिक सहायता दिइएको छ । -कान्तिपुर दैनिक


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला