साउन ४, काठमाडौं । राजधानीकै एक दम्पती । बिहे भएको लामै समय बितिसकेको थियो । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ४, काठमाडौं । राजधानीकै एक दम्पती । बिहे भएको लामै समय बितिसकेको थियो । "/>

१० पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजधानीको एक दम्पतीको सेक्स भिडियो बाहिरिएपछि…

४ श्रावण २०७३, मंगलवार ०२:१०

 

                                                                            फाइल तस्बिर 

साउन ४, काठमाडौं । राजधानीकै एक दम्पती । बिहे भएको लामै समय बितिसकेको थियो । एक दिन पतिले पत्नीलाई आफ्ना गोप्य क्रियाकलाप क्यामेरामा कैद गर्ने प्रस्ताव गर्छन् । पत्नी सुरुमा त आनाकानी गर्छिन् ।

तर, पतिले आफ्ना गोप्य क्षण अविस्मरणीय बनाउने भन्दै कुनै जोखिम नरहेको आश्वस्त पारेपछि उनी तयार भइन् । त्यो भिडियो आफूसँग सुरक्षित रहेकोमा उनीहरु ढुक्क थिए । तर, एक दिन यस्तो आयो, उनीहरु छाँगाबाट खसेझै भए ।दम्पतीले आपसी सहमतिमा क्यामेरामा उतारेका निर्वस्त्र क्रियाकलाप चिनेजानेकै एक व्यक्तिको हातमा थियो । ऊ त्यही भिडियो देखाएर मोटो रकम माग गर्न थाल्यो । लाज र डरले हायलकायल दम्पती अन्त्यमा प्रहरीको शरणमा पुगे ।

कुनै चलचित्रको कथाजस्तो लाग्ने यस्ता घटना अहिले राजधानीमा छ्यापछ्याप्ती बाहिर आउन थालेका छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले अहिले यस्तै एउटा घटना अनुसन्धान अघि बढाएको छ । महाशाखाले ती दम्पतीको उजुरीका आधारमा सोमबार उक्त व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले तीनै जनाको नाम गोप्य राखेर अनुसन्धान थालेको छ ।

‘पतिपत्नी डराएको, लजाएको र हताश मानसिकतामा आएका थिए, धम्क्याउने व्यक्तिलाई पक्राउ गरिएपछि उनीहरु केही ढुक्क त भए तर अझै पुरै निश्चिन्त हुन सकेका छैनन्,’ महाशाखाका निमित्त प्रमुख एसपी प्रकाशजंग कार्कीले भने, ‘हामीले अनुसन्धान अघि बढाएका छौं ।’

उनका अनुसार प्रविधिमा पहुँच सजिला हुँदै गएका बेला पतिपत्नीले आपसी सहमतिमा खिचेको गोप्य दृश्य तेस्रो व्यक्तिसम्म पुग्न सक्ने सम्भावना नकार्न सकिँदैन । महाशाखाका अनुसार पछिल्ला दिन यस्ता घटनाका उजुरी दिनहुँजसो आउन थालेका छन् । -नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दिल्लीमा उपचारपछि घर फर्किए धनगढीका मेयर हमाल, स्वास्थ्यमा सुधार अफगानिस्तानमा पाकिस्तानको आक्रमण : १५ जनाको मृत्यु, बदला लिने तालिवानको चेतावनी नक्कली सूर्य बनाउँदै अमेरिका सुरक्षा पन्तलाई मापसे गरेर गाडि नचलाउने सल्लाह आएपछि… अडानी समूहको गल्फ जायन्ट्सबाट यो वर्ष पनि आईएलटी-२० खेल्दै दिपेन्द्र सिंह ऐरी स्याङ्जामा ट्याक्टर पल्टिँदा १ को मृत्यु, ३ जना घाइते आज सामान्य घट्यो सुनचाँदीको मूल्य क्रिसमसको अवसर पारेर नेपाली चलचित्र ‘देववाणी’ आजबाट प्रदर्शनमा मोरङमा अचेत अवस्थामा भेटिएकी महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत र सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल एमालेको सचिवालय बैठक आज बस्दै आज भव्यताका साथ क्रिसमस डे मनाइदैँ यस्तो रहने छ आजको मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना सहकारी समस्याको विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दै म्यानमार पुर्‍याइएका पाँच नेपालीको उद्धार मोरङमा मर्निङवाकमा गएकी युवतीमाथि सामूहिक बलात्कार विद्यालयमै छिरेर धर्म परिवर्तनको प्रवचन, पक्राउ परे पास्टर भट्टराई भारतलाई बंगलादेशको कुटनीतिक नोट, भन्यो- ‘हसिनालाई फिर्ता पठाईदेउ’ ललितपुरको रेस्टुरेन्टमा युवकको हत्या प्रकरण : उधारो रकमबारे भएको थियो विवाद मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु