साउन ५, काठमाडौं । गत शुक्रबार टर्कीमा असफल कूको प्रयास भयो । सेनाको एउटा समू"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ५, काठमाडौं । गत शुक्रबार टर्कीमा असफल कूको प्रयास भयो । सेनाको एउटा समू"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टर्कीको ‘कु’बारे नेपालीको लाइभ-‘भिडन्तमा धन्न बाँचियो’

५ श्रावण २०७३, बुधबार ०२:०१


साउन ५, काठमाडौं । गत शुक्रबार टर्कीमा असफल कूको प्रयास भयो । सेनाको एउटा समूहले गरेको असफसल कूको समयमा इस्तानबुलको आइबिस होटल ट्याक्सिसमा युनेस्कोको ४० औँ बैठकमा सहभागी हुन पुगेका ८ सदस्यीय टोली बसेको थिए ।

कूको बेलाको स्थिति बताउँदै पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भन्नुभयो, ‘रातिको समयमा कर्फ्यु लागेकाले होटल पुरै बन्द गरियो । हामीलाई कतै नजान अलर्ट गरियो ।’ जताततै विद्रोही सेना र राष्ट्रपतिका समर्थकबीच भएको भीडन्तले मनै झसंग भयो, तैपनि टर्कीले विदेशी पाहुनालाई उच्चस्तरको सुरक्षा दिएकाले आफूहरुलाई कुनै समस्या नभएको दाहालले बताए ।

सरकारले कडा सुरक्षाको घेरामा राखेर पाहुनालाई लाने र लैजाने गरेको कारण पूर्ण सुरक्षाको अनुभूति भइरहे पनि कतै कुनामा डर भने रहिरहेको उनले स्मरण गरे । भ्रमण छोट्टाएर केही दिनअघि नै स्वदेश फर्कने तयारी गरेको नेपाली टोली विमानस्थल बन्द भएका कारण अन्तिम दिनसम्म बैठकमा सहभागी भएको थियो । कूको कारण बैठक सञ्चालनमा कुनै अवरोध नरहेको उनले बताए ।

मंगलबार बैठक सम्पन्न भएलगत्तै सबै राष्ट्रका प्रतिनिधि स्वदेश फर्किसकेका छन् । इस्तानबुल विमानस्थलबाट कुरा गर्दै बैठकमा सहभागी दाहालले भने, ‘यस्तो लाइभ भिडन्त कहिल्यै पनि देखेका थिएनौँ, तनावै तनावबीच बैठक सम्पन्न भयो ।’

विद्रोहीले ट्यांक सहित बमबारी गर्दात आफूहरुलाई केही हुने होकी जस्तो लागेको बताउँदै दाहालले भने, ‘तर धन्य टर्कीको सुरक्षा व्यवस्थित भएकाले केही भएन ।’ -नेपाल समाचारपत्र दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार