साउन ५,काठमाडौं |  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५,काठमाडौं | 
२०८२, २९ चैत्र आईतवार
काठमाडौँ - KTM

नेपाल प्रहरीद्वारा एसएसपीसहित १ हजार ४ सयलाई विभागीय कारबाही

२०७३, ५ श्रावण बुधबार ०२:१०

साउन ५,काठमाडौं | प्रहरी प्रधान कार्यलयले प्रहरी नियमावली विपरीत कामकारबाही गरेको आरोपमा वरिष्ठ उपरीक्षकसहित एकजार चार सय १९ जनालाई विभागीय कारबाही गरेको छ। नागरिक दैनिकमा समाचार छ।

जसमध्ये आठ जना प्रहरी उपरीक्षक, नौ जना नायव उपरीक्षक र १८ जना प्रहरी निरीक्षक विभागीय कारबाहीमा परेका हुन्। एकजना प्रहरी उपरीक्षकको पदोन्नतिरोक्का र चार जनाले नसिहत पाएका छन्। यस आर्थिक वर्षममा दुईजना प्रहरी निरीक्षकसहित ३० जनालाई सेवाबाटै बर्खास्त गरिएको छ। यस्तै तीन जना नायब निरीक्षकसहित दुई सय १४ जनालाई सेवाबाट हटाइएको  कार्यलयले जनाएको छ।
 
दुई जना निरीक्षकसहित एक सय तीनजना निलम्बनमा परेका छन्। प्रधान कार्यालय अनुसार अघिल्ले वर्ष विभागीय कारबाहीमा पर्नेको संख्या एक हजार सात सय तीन थियो। यस वर्ष करिब तीन सय कम प्रहरी अधिकारी कारबाहीमा परेका हुन्।
 
प्रहरी प्रवक्ता नायव माहनिरीक्षक माधव जोशीका अनुसार प्रहरीको नयाँ नियमावलीले बृत्ति विकासदेखि अवसरसम्म प्रहरी अधिकारीका सम्पूर्ण गतिविधि मूल्यांकन गर्ने व्यवस्थापछि कारबाहीमा पर्ने प्रहरीको संख्यामा कमी आएको हो। ‘बढुवा, शान्ति सेना र सरुवासमेतमा प्रहरी अधिकारीका गतिविधिको मूल्याकंन हुन्छ, हिजोको प्रहरी र आजको प्रहरीमा आएको सोचका कारण पनि प्रहरी आचरण विपरीत गर्नेको संख्या  घटेको हो,’ जोशीले भने । 
 
कारबाहीमा पर्नेमा प्रहरी हबल्दार र सिपाहीको संख्या पछिल्ला वर्षजस्तै यस वर्ष पनि उच्च छ। यस पर्ष दुई सय ९८ प्रहरी हबल्दार र आठ सय ९२ प्रहरी जवान कारबाहीमा परेका छन्। अघिल्लो वर्ष दुई सय ८२ प्रहरी हबल्दार र एक हजार एक सय ५० प्रहरी जवान कारबाहीमा परेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन