साउन ५,काठमाडौं |  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५,काठमाडौं | 
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

नेपाल प्रहरीद्वारा एसएसपीसहित १ हजार ४ सयलाई विभागीय कारबाही

५ श्रावण २०७३, बुधबार ०२:१०

साउन ५,काठमाडौं | प्रहरी प्रधान कार्यलयले प्रहरी नियमावली विपरीत कामकारबाही गरेको आरोपमा वरिष्ठ उपरीक्षकसहित एकजार चार सय १९ जनालाई विभागीय कारबाही गरेको छ। नागरिक दैनिकमा समाचार छ।

जसमध्ये आठ जना प्रहरी उपरीक्षक, नौ जना नायव उपरीक्षक र १८ जना प्रहरी निरीक्षक विभागीय कारबाहीमा परेका हुन्। एकजना प्रहरी उपरीक्षकको पदोन्नतिरोक्का र चार जनाले नसिहत पाएका छन्। यस आर्थिक वर्षममा दुईजना प्रहरी निरीक्षकसहित ३० जनालाई सेवाबाटै बर्खास्त गरिएको छ। यस्तै तीन जना नायब निरीक्षकसहित दुई सय १४ जनालाई सेवाबाट हटाइएको  कार्यलयले जनाएको छ।
 
दुई जना निरीक्षकसहित एक सय तीनजना निलम्बनमा परेका छन्। प्रधान कार्यालय अनुसार अघिल्ले वर्ष विभागीय कारबाहीमा पर्नेको संख्या एक हजार सात सय तीन थियो। यस वर्ष करिब तीन सय कम प्रहरी अधिकारी कारबाहीमा परेका हुन्।
 
प्रहरी प्रवक्ता नायव माहनिरीक्षक माधव जोशीका अनुसार प्रहरीको नयाँ नियमावलीले बृत्ति विकासदेखि अवसरसम्म प्रहरी अधिकारीका सम्पूर्ण गतिविधि मूल्यांकन गर्ने व्यवस्थापछि कारबाहीमा पर्ने प्रहरीको संख्यामा कमी आएको हो। ‘बढुवा, शान्ति सेना र सरुवासमेतमा प्रहरी अधिकारीका गतिविधिको मूल्याकंन हुन्छ, हिजोको प्रहरी र आजको प्रहरीमा आएको सोचका कारण पनि प्रहरी आचरण विपरीत गर्नेको संख्या  घटेको हो,’ जोशीले भने । 
 
कारबाहीमा पर्नेमा प्रहरी हबल्दार र सिपाहीको संख्या पछिल्ला वर्षजस्तै यस वर्ष पनि उच्च छ। यस पर्ष दुई सय ९८ प्रहरी हबल्दार र आठ सय ९२ प्रहरी जवान कारबाहीमा परेका छन्। अघिल्लो वर्ष दुई सय ८२ प्रहरी हबल्दार र एक हजार एक सय ५० प्रहरी जवान कारबाहीमा परेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार