साउन १३, काठमाडौं | युनेस्कोले काठमाडौं उपत्यकाभित्रका सांस्कृतिक सम्पदा विश्व सम्पदा सूचीबाट हट्नसक्ने चेतावनी दिएको छ। भूकम्पका का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, काठमाडौं | युनेस्कोले काठमाडौं उपत्यकाभित्रका सांस्कृतिक सम्पदा विश्व सम्पदा सूचीबाट हट्नसक्ने चेतावनी दिएको छ। भूकम्पका का"/>
२८ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

पुनर्निर्माण नभए काठमाडौंका सम्पदा सूचीमा नरहने

१३ श्रावण २०७३, बिहीबार ०१:१२

साउन १३, काठमाडौं | युनेस्कोले काठमाडौं उपत्यकाभित्रका सांस्कृतिक सम्पदा विश्व सम्पदा सूचीबाट हट्नसक्ने चेतावनी दिएको छ। भूकम्पका कारण क्षति पुगेका सम्पदाको पुनर्निर्माणमा सरकारले ढिलाइ गरेको भन्दै युनेस्कोले यस्तो चेतावनी दिएको हो। 

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को ४०औँ अधिवेशनले नेपाललाई एक वर्षको समयसीमा छँदै सुधारको अवसर दिएको छ। ‘एक वर्षभित्र नेपालले सम्पदा पुनर्निर्माणमा चित्तबुझ्दो कार्य प्रगति गर्न सकेन भने काठमाडौं उपत्यकाभित्रका सम्पदा विश्व सम्पदा सूचीबाट खतराको सूचीमा पर्नेछन्,’मन्त्रालयका सचिव प्रेमकुमार राईले भने,‘भर्खरै भूकम्पको त्रास बिर्सदै अगाडि बढ्दै गरेको नेपाललाई सहानुभूतिस्वरूप एक वर्षको अवसर दिइएको हो।’ 

यसअघि भूकम्पपछि भत्किएका सम्पदाको पुनर्निर्माण सुस्त रहेको, नेपालले कतिपय सम्पदा हुबहु पुनर्निर्माण गर्न नसक्ने, स्रोतको जोहो हुन नसकेकोलगायत कारण देखाउँदै काठमाडौं उपत्यकालाई खतराको सूचीमा राख्ने प्रस्ताव महाधिवेशनमा प्रस्तुत भएको थियो। 

प्रस्तावको छलफलका क्रममा युनेस्कोको २१ सदस्यीय ब्युरो कमिटीमध्ये १८ सदस्य नेपालको पक्षमा उभिएपछि तत्काल खतराको सूचीमा पर्नबाट जोगिएको सचिव राईले जानकारी दिए। बुधबार युनेस्को अधिवेशन सम्बन्धमा व्यवस्थापिका संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकलाई जानकारी गराउ“दै सचिव राईले चालू आर्थिक वर्ष सम्पदा पुनर्निर्माणमा अधिकतम लगानी गर्नुपर्ने बताएका हुन् ।

नयाँ सूचीकृतमा नेपाल कमजोर 

नेपालले नयाँ गन्तव्य, सम्पदा तथा सांस्कृतिक धरोहरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन भने असफल रहँदै आएको छ। ‘हामीले विगतदेखि नै सीमित गन्तव्यलाई पर्यटकीय महत्वका सम्पदाका रूपमा प्रवद्र्धन गरिरहेका छौँ,’ पर्यटन मन्त्रालयका सचिव राईले भने, ‘सोही कारण नयाँ सम्पदा सूचीमा लैजान सकिएको छैन ।’ भारतले कञ्चनजंघा संरक्षण क्षेत्रका नाममा हालै एक सम्पदालाई विश्व सम्पदा सूचीमा सूचीकृत गराएको र युनेस्कोको ब्युरो कमिटिमा नेपालको प्रतिनिधित्व नहुँदा त्यसको खण्डन गर्न नसकिएको पर्यटन मन्त्रालयको भनाइ छ। - नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली