२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

दुर्घटना बीमालाई छुट्टै निर्देशिका जारी

२०७८, ३० कार्तिक मंगलवार ०२:३६

कात्तिक ३०, काठमाडौँ | दुर्घटना बीमालाई लक्षित गरेर बीमा समितिले छुट्टै निर्देशिका जारी ल्याएको छ । समितिले सोमवार दुर्घटना बीमा निर्देशका २०७८ जारी गरेको हो । नेपालमा दुर्घटना बीमा पहिलादेखि नै प्रचलनमा छ, तर त्यससम्बन्धी छुट्टै निर्देशिका तथा मापदण्ड भने थिएन । समितिले अहिले आएर यस सम्बन्धमा आवश्यक मापदण्ड नै बनाएर निर्देशिका नै जारी गरेको हो ।

समितिले निर्जीवन बीमा कम्पनीहरूका लागि उक्त निर्देशिका जारी गरेको हो । अब निर्जीवन बीमा कम्पनीहरूले नयाँ निर्देशिकाअनुसार नै यस्तो बीमाको कारोबार गर्नुपर्नेछ । समितिले निर्देशिकामार्पmत व्यतिगत तथा सामूहिक रूपमा समेत दुर्घटना बीमा गर्न पाउने व्यवस्था गरेको छ । कुनै समूहमा आबद्ध व्यक्तिहरूको मात्रा सामूहिक रूपमा यस्तो बीमा गर्न सकिनेछ । बीमा गर्ने उद्देश्यले नै छुट्टै समूह स्थापना भने गर्न नपाइने बताइएको छ ।

व्यक्तिगत दुर्घटना बीमा गर्दा प्रतिहजार २ रुपैयाँ बीमाशुल्क निर्धारण गरिएको छ । त्यसअनुसार कुनै एक जना व्यक्तिले रू. १ लाखको दुर्घटना बीमा गर्दा रू. २०० प्रिमियम तिर्नुपर्ने देखिन्छ । ​सामूहिकतर्फ भने २५ जनासम्मको बीमा गर्दा प्रतिव्यक्ति प्रतिहजार २ रुपैयाँ नै शुल्क लाग्नेछ । २६ देखि १०० जनासम्मको बीमा गर्दा भने प्रतिव्यक्ति प्रतिहजार १ रुपैयाँ ७५ पैसा र १०० जनाभन्दा बढीको बीमा गर्दा प्रतिव्यक्ति प्रतिहजार १ रुपैयाँ ५० पैसा बीमाशुल्क लाग्नेछ । 

- आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू