२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

नेपालबाट दोस्रो भूउपग्रह प्रक्षेपणको तयारी, अपरेटिङ सिस्टम नेपालमै बनाउने योजना

२०७८, ३ मंसिर शुक्रबार ०४:४३

मङ्सिर ५, काठमाडौँ | अपरेटिङ सिस्टम (सञ्चालन प्रणाली) नेपालमै बनाउने योजनासहित भूउपग्रह प्रक्षेपणको प्राविधिक तयारीमा नेपाली वैज्ञानिक जुटेका छन् । ‘नेपाली स्याट–२ पदयात्री’ नाम रहने यो भूउपग्रह अघिल्लो भूउपग्रह ‘नेपाली स्याट–१’ भन्दा तीन गुणा ठूलो हुनेछ ।

सबै काम निर्धारित समयमा भ्याइए सन् २०२२ सम्ममा स्याटेलाइट प्रक्षेपण गर्ने तयारी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को छ । नास्टको सहयोगमा डा. आभास मास्केसहित १० जना नेपाली युवा वैज्ञानिक भूउपग्रह निर्माणमा तल्लीन छन् । जापानको क्युटेक विश्वविद्यालयसँग मिलेर ‘नेपाली स्याट–१’ निर्माण गरी अमेरिकाबाट प्रक्षेपण गरिएको थियो ।

यसपटक नेपाली इन्जिनियरले नेपालमा भूउपग्रहको प्रारूप बनाइसकेका छन् । यसलाई भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो)मा लगेर भूउपग्रह निर्माणसम्बन्धी विभिन्न परीक्षण गरिएको छ । 

नास्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले भने, “यस परीक्षणबाट हामीलाई निकै सफलता हात परेको छ ।” विदेशको प्लेटफर्म प्रयोग गरेर भए पनि नेपालीले भूउपग्रह निर्माण गरिसकेको स्मरण गर्दै प्रवक्ता ढुङ्गेलले भने, “नेपालमै स्याटेलाइट निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिन यो परियोजना सुरु गरेका हौँ ।” 

उनले भने, “स्याटेलाइटको अपरेटिङ सिस्टम नेपालमै पनि बनाउन सकिन्छ कि भनेर अनुसन्धान गर्दैछौँ । अपरेटिङ सिस्टम बनाउन सफल भएमा यसले भूउपग्रह बनाउन लाग्ने ६० प्रतिशत समय र लागत घटाउँछ ।”

डा. मास्केका अनुसार स्याटेलाइट सिस्टम अन चिप मिसनलाई पनि नास्टले अगाडि बढाएको छ । यसमा सम्पूर्ण सिस्टम एउटै चिपमा बन्छ, एउटै माइक्रो चिपले सम्पूर्ण स्याटेलाइटलाई सञ्चालन गर्न सक्छ । वैज्ञानिक डा. मास्केले भने, “यो कामका लागि हामीले एउटा यस्तो चिप भेट्टाएका छौँ, जसको विभिन्न तहको परीक्षणमा जुटेका छौँ ।” 

- यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त