३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

द्रुतमार्गमा खोकना विवाद : ४० किमीमध्ये तीनओटा प्याकेजको ठेक्का अन्योलमा

२३ मंसिर २०७८, बिहीबार ०४:४९

मंसिर २३, काठमाडौं | बहुप्रतीक्षित काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) को शुरू बिन्दु ललितपुरस्थित खोकनाको जग्गा विवाद हालसम्म सल्टिन नसक्दा ४० किलोमीटर ९किमी० मा पर्ने तीनओटा प्याकेजको ठेक्का अन्योलमा पर्ने देखिएको छ। दु्रतमार्गमा पर्ने सबै जग्गा अधिग्रहण गरिसकेको नेपाली सेनाले खोकनामा ४२७ रोपनी जग्गा भने अधिग्रहण गर्नै बाँकी छ।

खोकनाको पुरातात्त्विक महत्त्वलाई लोप हुन नदिन स्थानीयहरूले विरोध गर्दै आएका कारण खोकनाको उक्त जग्गा अधिग्रहणमा वर्षौंदेखि समस्या देखिँदै आएको छ। उक्त जग्गाको विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगका सहसचिवको संयोजकत्वमा जनप्रतिनिधि, सेनासमेतको सहभागितामा समिति गठन भए पनि हालसम्म जम्मा दुईपटक छलफल भएको छ। ती छलफलले कुनै निष्कर्ष ननिकाल्दा यो समस्या छिटै समाधान नहुने देखिएको छ।

यद्यपि सेनाले भने पुससम्ममा खोकना विवाद समाधान हुने विश्वास गरेको छ। सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडलले ४० किमीभित्र दु्रतमार्गका ११ प्याकेजमध्ये ६ ओटा ठेक्का पर्ने जानकारी दिए। उक्त किमीभित्र पर्ने ६ ओटा प्याकेजमध्ये तीनओटा प्याकेजमा कुनै समस्या नभएकाले सेनाले पुसमै टेन्डर निकाल्ने तयारी गरेको छ। खोकना क्षेत्रमा पर्ने तीनओटा प्याकेजको टेन्डर भने अन्योलमा छ।

‘खोकनातर्फ पर्ने तीनओटा प्याकेजलाई यथावस्थामै राखेर लेनडाँडातर्फका बाँकी तीनओटा प्याकेजको ठेक्का पुससम्मा निकाल्ने तयारीमा हामी छौं,’ प्रवक्ता पौडेलले भने, ‘यदि पुससम्ममा खोकनाको जग्गा विवाद सल्टिएन भने वैशाखसम्ममा खोकनातर्फका प्याकेजको टेन्डर निकाल्ने तयारी गरिएको छ।’

यी प्याकेजअन्तर्गत दुई लेनका एक्स्प्रेस सडक, विशेष प्रकृतिका पुल, साधारणखाले पुललगायत संरचना निर्माणका लागि टेन्डर आह्वान गरी ठेक्का व्यवस्थापन गर्नुपर्छ। तर, २०७४ देखि ठेक्का व्यवस्थापन गर्दै आएको नेपाली सेना र सरकारले यो बिन्दुको समस्या समाधान गर्न सकेको छैन। उपयुक्त विकल्पका विषयमा पनि खासै चासो दिइएको छैन। यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’