२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ओमिक्रोन’ को त्रास तर सिमानामा छैन छेकबार

२०७८, ११ पुष आईतवार ०३:०६

पुस ११, काठमाडौँ | भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘अ‍ेमिक्रोन’ संक्रमितको संख्या तीन सय नजिक पुगेको छ। दैनिक संक्रमित बढिरहेका छन्। दिल्ली र महाराष्ट्रमा संक्रमित बढी छन्। भारत नेपालसँग सिमाना जोडिएको मुलुक भएकाले नेपालमा सहजै संक्रमण फैलन सक्छ। तर, रोक्न तयारी चुस्त बनाइएको छैन। सीमा नाका खुला छन्। स्वास्थ्य मापदण्ड पालना छैन।

कोरोनाको दोस्रो भेरियन्टमा पनि यस्तै लापरवाही गरिएकाले सुदूरपश्चिममा मात्रै पाँच सयभन्दा बढीले ज्यान गुमाएका थिए। सिमानामा समयमा कडाइ नगर्दा अन्य प्रदेशमा पनि संक्रमण तीव्र गतिमा फैलिएको थियो। अहिले नेपालमा पनि ओमिक्रोनका संक्रमित भेटिएका छन्। सिमाना र विमानस्थलबाट ओमिक्रोन संक्रमित सहजै भित्रने भएकाले संक्रमण रोक्न चुनौती छ। 

कैलालीको गौरीफन्टा नाका हुँदै सहजै आवतजावत भइरहेको छ। बैतडी पुरचौंडीका नरेन्द्र साउद बिहीबार भारतको बेंगलोरबाट यो नाका हुँदै भित्रिए। नाकामा उनको स्वास्थ्य परीक्षण भएन। सिधै अटो रिक्सा चढेर धनगढी बसपार्क पुगे। ‘सामान पनि थियो, भारतमा कोरोना जाँच गरेकै हो, खासै डर छैन। स्वास्थ्य परीक्षण गर्ने झन्झटभन्दा त सिधै अटो चढेर आइयो’, उनले भने।

उनी जस्तै यो नाका हुँदै दैनिक सयौं नागरिक नेपाल आउँछन्। सिमानामा स्वास्थ्य परीक्षणको व्यवस्था भए पनि यहाँ परीक्षण गराउने कम छन्। परीक्षण गरिएका र पोजेटिभ देखिएका बाहेक कसैलाई पनि क्वारेन्टाइनको व्यवस्था छैन। उनीहरू सोझै सार्वजनिक यातायात चढेर घर पुग्छन्। 

- यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै