२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भण्डारमा १ करोड १३ लाख डोज: पुस मसान्तको लक्ष्य पूरा नहुने

२०७८, १७ पुष शनिबार ०३:१९

पुस १७, काठमाडौँ | सरकारले पुस मसान्तभित्र ६६ प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्ध खोप दिइसक्ने घोषणा गरेको भए पनि घोषित समयमा लक्ष्य पूरा नहुने संकेत देखिएको जनस्वास्थ्य तथा खोप विज्ञको विश्लेषण छ।

बिहीबारसम्म संघीयसहित सबै प्रदेशमा गरी १ करोड १३ लाख ५९ हजार ४ सय ७ डोज खोप भण्डारण रहेको स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जनाएको छ। दैनिक ५ लाखदेखि ६ लाखजनाले खोप लगाएमा मात्र लक्ष्य प्राप्त हुने खोप शाखाका पूर्वप्रमुख डा. झलक गौतमले बताए। ‘लक्ष्य प्राप्त हुन दैनिक कम्तीमा ६ लाखलाई खोप दिनुपर्छ, त्यो देखिएको छैन’, उनले भने।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार दैनिक खोप लिनेको संख्या औसत २ लाख ३० हजार आसपास छ। मंगलबार खोप लिनेको संख्या २ लाख ८३ हजार २ सय ६५ थियो भने बिहीबार यो संख्या ५६ हजार १ सय १२ र शुक्रबार १ लाख ३९ हजार १ सय ५२ जनाले खोप लिएका छन्।

सोमबार ५ लाख ८३ हजार ३ सय १९ जनाले खोप लगाएका थिए। विगतको तथ्यांक पनि समावेश भएकाले सोमबारको तथ्यांक धेरै देखिएको हुन सक्ने राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा. बाबुराम मरासिनी बताउँछन्। 

- यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै