२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतबाट घर फर्किने बढे, भित्रिँदै कोरोना

२०७८, २६ पुष सोमबार ०१:३८

पुस २६, काठमाडौँ | छिमेकी मुलुक भारतबाट घर फर्किरहेका ठूलो संख्याका नेपालीमा कोभिड संक्रमण भेटिएको छ। भारतमा कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) व्यापक रूपमा फैलिएपछि नेपालीहरू धमाधम घर फर्किन थालेका छन्।

पूर्वको वीरगन्जदेखि सुदूरपश्चिमको गड्डाचौकी नाका भएर घर फर्केका नेपालीमा सीमा नाकामा चेकजाँच गर्दा व्यापक रूपमा कोभिड संक्रमण भेटिएको हो। 

पछिल्ला दिनमा, भारतीय सीमा बजारमा किनमेल गर्न जानेमा पनि कोभिड संक्रमण भेटिन थालेपछि सीमामा कडाइ गर्नुपर्ने स्थिति देखिएको छ। तर, सीमा नाकामा नेपालको पर्याप्त सुरक्षा चेकजाँच र सतर्कता देखिएको छैन। यसबाट, कुनै पनि बेला मुलुकमा भयावह अवस्था नआउला भन्न सकिन्न। 

दैनिक रूपमा हजारौंले नेपाल–भारत सीमा ओहोरदोहोर गर्छन्। तर, सबैको परीक्षण हुन सकेको छैन। चोर बाटोबाट ओहोरदोहोर गर्नेको संख्या पनि उत्तिकै छ। त्यसैले सीमामा हुने यिनै लापरबाहीले संक्रमितको संख्या ह्वात्तै बढेको छ। 

- यो समाचारअन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै