उपत्यकामा स्मार्ट लकडाउन, १८ बुँदे आदेश

Posted on: 12 Jan, 2022

पुस २८, काठमाडौँ | कोभिड–१९ को बढ्दो सङ्क्रमण र रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन काठमाडौँ उपत्यकामा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना अनिवार्य गरिएको छ  । 

काठमाडौँ,  ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको मङ्गलबार बसेको संयुक्त जिल्ला कोभिड–१९ सङ्क्रमण व्यवस्थापन समन्वय केन्द्र (डीसीसीएमसीसी) बैठकले मङ्गलबार राति १२ बजेबाट लागू हुने गरी उक्त मापदण्डको पालनामा  अनिवार्य गरेको हो ।

गृह मन्त्रालयको सङ्क्रामक  रोग  ऐन, २०२० र स्थानीय   प्रशासन ऐन, २०२८ ले दिएको अधिकार प्रयोग गरी सर्वसाधारणका लागि १८ बुँदे आदेशसमेत जारी गरिएको छ । 

- यो समाचार गोरखापत्र दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!