२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना सङ्क्रमण न्यून गर्न जुट्यो सरकार

२९ पुष २०७८, बिहीबार ०५:१७

पुस २९, काठमाडौँ | नेपालमा पछिल्ला केही दिनमा कोरोना भाइरसको सङ्क्रमण दर वृद्धि भएपछि सरकारले रोकथाम र न्यूनीकरण कार्यलाई पनि तीव्र रूपमा अघि बढाएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाका अनुसार मन्त्रालयले सबै संरचना परिचालन गरेर कोभिड सङ्क्रमण नियन्त्रण र रोकथामको काम सुरु गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्राका अनुसार कोभिड–१९ को महामारी पुनः फैलिएपछि प्रारम्भिक चरणका सम्पूर्ण तयारी सुरु गरिएको बताए। उनले भने, “कोरोना भाइरस सङ्क्रमण बढेपछि सीमा नाकाका सतर्कता बढाइएको छ। कन्ट्याक्ट ट्रेसिङ र एन्टिजेन परीक्षण पनि वृद्धि गरिएको छ।”

डा. मिश्राले स्थानीय सरकारहरूसँग समन्वय गरेर क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापन कार्य अघि बढाएको बताए। सङ्क्रमण बढेका क्षेत्रबाट अन्यत्र नफैलियोस् भनेर उच्च सतर्कताका साथ परीक्षण भइरहेको पनि उनले बताए।

सरकारले सातै प्रदेशमा कोभिड अस्पताल सञ्चालन गरी आवश्यक पूर्वाधार र भौतिक संरचना निर्माण गरेको छ। खोप र अत्यावश्यक औषधि पनि तयारी अवस्थामा राखिएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार प्रदेश १ मा आइसोलेसन बेड ८१९, एचडीयू बेड ५६७, आईसीयू बेड ३४२, भेन्टिलेटर १४८, अक्सिजन सिलिन्डर एक हजार १४ थान, अक्सिजन कन्सन्ट्रेटर ६६, अक्सिजन प्लान्ट १७ र ट्याङ्क दुईवटा तयारी अवस्थामा छन्। यो समाचार गोरखापत्र दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव