२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय तह निर्वाचन मिति बिहीबार टुंगो लाग्ने

५ माघ २०७८, बुधबार ०५:३०

माघ ५, काठमाडौँ | सत्तारूढ दलहरू स्थानीय तहको निर्वाचन स्थानीय तह जनप्रतिनिधिविहीन हुनुअगावै गर्न तयार भएका छन् ।

निर्वाचन आयोगको निरन्तरको दबाबपछि सत्ता गठबन्धनमा आबद्ध रहेका दलहरू स्थानीय तहको निर्वाचन ५ जेठअघि नै गर्न तयार भएका हुन् । ५ जेठ २०७९ बाट स्थानीय तहतर्फ निर्वाचित जनप्रतिनिधिको पदावधि सकिँदै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको गठबन्धनको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समयमा नै स्थानीय तहको निर्वाचन गर्ने विषयमा बैठकमा सहमति बनेको बताए ।

स्थानीय तहको पदावधि सकिनुअघि नै निर्वाचन गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति जुटेको छ, मितिको विषयमा अर्को बैठकमा निर्णय हुन्छ

‘स्थानीय तहको पदावधि सकिनुअघि नै निर्वाचन गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति जुटेको छ, मितिको विषयमा अर्को बैठकमा निर्णय हुन्छ,’ सरकारका प्रवक्ता मन्त्री कार्कीले भने ।

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले स्थानीय तहको निर्वाचन वैशाखमा नै गर्ने विषयमा प्रधानमन्त्री प्रतिबद्ध रहेको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीले मनाएपछि निर्वाचन वैशाखमा नै हुने तय भaएको जानकारी दिए ।

‘कांग्रेस स्थानीय तहको पदावधि सकिनुअगावै निर्वाचन गर्न तयार थियो, गठबन्धनमा केही मतभिन्नता थिए तर प्रधानमन्त्रीले ती मतभिन्नतालाई तोडेर स्थानीय तहको पदावधि सकिनुअगावै वैशाखमा नै निर्वाचन गर्ने विषयमा सबैलाई सहमत गराएपछि सहमति बन्यो,’ प्रधानमन्त्री देउवानिकट रहेका नेता विश्वकर्माले भने । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…