२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय तह निर्वाचन मिति बिहीबार टुंगो लाग्ने

२०७८, ५ माघ बुधबार ०५:३०

माघ ५, काठमाडौँ | सत्तारूढ दलहरू स्थानीय तहको निर्वाचन स्थानीय तह जनप्रतिनिधिविहीन हुनुअगावै गर्न तयार भएका छन् ।

निर्वाचन आयोगको निरन्तरको दबाबपछि सत्ता गठबन्धनमा आबद्ध रहेका दलहरू स्थानीय तहको निर्वाचन ५ जेठअघि नै गर्न तयार भएका हुन् । ५ जेठ २०७९ बाट स्थानीय तहतर्फ निर्वाचित जनप्रतिनिधिको पदावधि सकिँदै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको गठबन्धनको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समयमा नै स्थानीय तहको निर्वाचन गर्ने विषयमा बैठकमा सहमति बनेको बताए ।

स्थानीय तहको पदावधि सकिनुअघि नै निर्वाचन गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति जुटेको छ, मितिको विषयमा अर्को बैठकमा निर्णय हुन्छ

‘स्थानीय तहको पदावधि सकिनुअघि नै निर्वाचन गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति जुटेको छ, मितिको विषयमा अर्को बैठकमा निर्णय हुन्छ,’ सरकारका प्रवक्ता मन्त्री कार्कीले भने ।

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले स्थानीय तहको निर्वाचन वैशाखमा नै गर्ने विषयमा प्रधानमन्त्री प्रतिबद्ध रहेको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीले मनाएपछि निर्वाचन वैशाखमा नै हुने तय भaएको जानकारी दिए ।

‘कांग्रेस स्थानीय तहको पदावधि सकिनुअगावै निर्वाचन गर्न तयार थियो, गठबन्धनमा केही मतभिन्नता थिए तर प्रधानमन्त्रीले ती मतभिन्नतालाई तोडेर स्थानीय तहको पदावधि सकिनुअगावै वैशाखमा नै निर्वाचन गर्ने विषयमा सबैलाई सहमत गराएपछि सहमति बन्यो,’ प्रधानमन्त्री देउवानिकट रहेका नेता विश्वकर्माले भने । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त