२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाको डिभी परेकाहरु भन्छन् ‘डिभीले आस देखाएर निराश मात्र बनायो’

२०७८, ७ माघ शुक्रबार ०३:२०

माघ ७, काठमाडौं । सन् २०२२ का लागि गत मे ८ मा डाइभर्सिटी भिसा (डिभी) लोटरीको नतिजा सार्वजनिक गरिएको थियो । अमेरिकी विदेश मन्त्रालयका अनुसार आर्थिक वर्ष सन् २०२२ का लागि तीन हजार ८०२ जना नेपालीहरू डिभी लोटरी विजेता भएका थिए । जुन एसियामा नै दोस्रो हो । एसियामा सबैभन्दा धेरै इरानमा पाँच हजार ७३९ जना डिभी विजेता भएका थिए ।

२०२२ का डिभी विजेताहरूको अक्टोबर १, २०२१ देखि प्रक्रिया सुरु भई अमेरिकाको भिसा पाउने प्रावधान रहे तापनि कोही पनि नेपाली डिभी विजेताहरूलाई अक्टोबर महिनामा अमेरिकी दूतावासले भिसा नदिएको खुलासा भएको छ । त्यसपछि पनि डिसेम्बर र हाल जनवरी २०२२ सम्म आइपुग्दा पनि भिसा त कुरै छोडौं, दूतावासले डिभीको प्रक्रियासम्म सुरु गर्न चासो नदेखाएको डिभी विजेताहरूको गुनासो छ ।

अक्टोबरमा ४५० जना नेपालीहरूलाई आप्रवासी भिसा दिइए पनि डिभी विजेता भने कसैले पनि दूतावासले भिसा प्रदान गरेन । त्यस्तै, नोभेम्बरमा ४८७ जनालाई काठमाडौंमा रहेको अमेरिकी दूतावासले आप्रवासी भिसा जारी गरे पनि डिभी विजेताहरूलाई भने भिसा प्रदान गरिएन । २०२२ का डिभी विजेताहरूले आगामी सेप्टेम्बरभित्र भिसा प्राप्त गरिसक्नु पर्ने प्रावधान रहेको छ । अदालतले विदेश मन्त्रालयबाट लागू भिसाको प्राथमिकता खारेज गरे पनि दूतावासले भने भिसा जारी गर्नमा देखाएको उदासीनताका कारण डिभी विजेताहरू निराश भएका छन् ।

- आजको हिमालय टाइम्समा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै