अमेरिकाको डिभी परेकाहरु भन्छन् 'डिभीले आस देखाएर निराश मात्र बनायो'

Posted on: 21 Jan, 2022

माघ ७, काठमाडौं । सन् २०२२ का लागि गत मे ८ मा डाइभर्सिटी भिसा (डिभी) लोटरीको नतिजा सार्वजनिक गरिएको थियो । अमेरिकी विदेश मन्त्रालयका अनुसार आर्थिक वर्ष सन् २०२२ का लागि तीन हजार ८०२ जना नेपालीहरू डिभी लोटरी विजेता भएका थिए । जुन एसियामा नै दोस्रो हो । एसियामा सबैभन्दा धेरै इरानमा पाँच हजार ७३९ जना डिभी विजेता भएका थिए ।

२०२२ का डिभी विजेताहरूको अक्टोबर १, २०२१ देखि प्रक्रिया सुरु भई अमेरिकाको भिसा पाउने प्रावधान रहे तापनि कोही पनि नेपाली डिभी विजेताहरूलाई अक्टोबर महिनामा अमेरिकी दूतावासले भिसा नदिएको खुलासा भएको छ । त्यसपछि पनि डिसेम्बर र हाल जनवरी २०२२ सम्म आइपुग्दा पनि भिसा त कुरै छोडौं, दूतावासले डिभीको प्रक्रियासम्म सुरु गर्न चासो नदेखाएको डिभी विजेताहरूको गुनासो छ ।

अक्टोबरमा ४५० जना नेपालीहरूलाई आप्रवासी भिसा दिइए पनि डिभी विजेता भने कसैले पनि दूतावासले भिसा प्रदान गरेन । त्यस्तै, नोभेम्बरमा ४८७ जनालाई काठमाडौंमा रहेको अमेरिकी दूतावासले आप्रवासी भिसा जारी गरे पनि डिभी विजेताहरूलाई भने भिसा प्रदान गरिएन । २०२२ का डिभी विजेताहरूले आगामी सेप्टेम्बरभित्र भिसा प्राप्त गरिसक्नु पर्ने प्रावधान रहेको छ । अदालतले विदेश मन्त्रालयबाट लागू भिसाको प्राथमिकता खारेज गरे पनि दूतावासले भने भिसा जारी गर्नमा देखाएको उदासीनताका कारण डिभी विजेताहरू निराश भएका छन् ।

- आजको हिमालय टाइम्समा समाचार छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!