२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तेस्रो चरणको कोरोनाका कारण दैनिक ५ सय भन्दा धेरै बालबालिका संक्रमित

९ माघ २०७८, आईतवार ०५:१३

माघ ९, काठमाडौँ | लगातार बढिरहेको कोरोना भाइरसका कारण दैनिक ५ सय भन्दा धेरै बालबालिका १८ वर्षमुनिका संक्रमित हुन थालेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला दुई सातादेखि बालबालिकामा संक्रमण बढ्ने क्रम जारी भएको जनाएको छ। पछिल्लो २४ घन्टामा १० हजार दुई सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा तीमध्ये ५सय भन्दा बढी बालबालिका संक्रमित भएका छन्।

शनिबार ५ सय ७९ जना बालबालिकामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। ७ माघ ७ गते १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ६ सय ७६ बालबालिका संक्रमित भएका थिए । त्यस्तै माघ ६ गते देशभर १२ हजार ३ सय ३८ जना संक्रमति हुँदा ५ सय ९३ बालबालिका संक्रमित थिए।

त्यस्तै माघ ५गते ५ सय ८१ बालबालिकामा संक्रमण देखिएको थियो, जब कि त्यस दिन कुल संक्रमितको संख्या ११ हजार ३ सय ५२ थियो। यसबाहेक माघ ४ गते देशभर कुल संक्रमित १० हजार २५८ हुँदा संक्रमित बालबालिकाको संख्या ५ सय ४१ थियो।

स्वास्थ्य मन्त्रालयका अनुसार माघ ३ गते मा ३ सय ७२ बालबालिका संक्रमित भएका थिए  भने माघ २ गते ३ सय २३ मा संक्रमण देखिएको थियो। त्यस्तै माघ १ गते २ सय ७८ र ३० पुसमा २ सय ९९ जना बालबालिकामा संक्रमण पुष्टि भएको थियो।

तेस्रो लहर सुरु भएयता पछिल्ला दुई सातादेखि देशभर संक्रमित बालबालिकाको संख्या बढ्न थालेको हो। त्यसअघि दैनिक औसत २५ जनामा सीमित रहेको बालबालिका संक्रमण गत दुई सातादेखि लगातार उकालो लागेको छ। नेपालमा ओमिक्रोनको संक्रमण फैलिएसँगै पुस अन्तिमबाट बालबालिकामा पनि संक्रमण बढ्न थालेको मन्त्रालयको तंथ्याकले देखाउँछ।

२५ पुसमा ७५ जना बालबालिकामा संक्रमण देखिए पनि २६ पुसमा एकैदिन एक सय १६ जनामा देखिएको थियो । त्यसयता संक्रमणदर लगातार बढ्दै गइरहेको छ। नयाँ पत्रिका दैनिकबाट |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला