२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन बेच्नुपर्यो इन्डियन एयरलाइन्स टाटालाई ?

१४ माघ २०७८, शुक्रबार ०९:०४

माघ १४, काठमाडौँ | भारतको विमान कम्पनी एयर इन्डिया टाटा ग्रुपले खरिद गरेपछि अन्तर्राष्ट्रिय एयरलाइन्सहरूसँग प्रतिस्पर्धाका लागि व्यापक योजना बनाउन थालिएको छ । अहिले एयर इन्डियामा १२०८५ जना कर्मचारी छन् । २३ हजार करोड रुपैयाँ यसको ऋण छ । एयर इन्डियाका जहाज पुराना भएका छन् भने कर्मचारीको कार्यशैली सरकारी तवरको रहेको छ । एयर इन्डिया अहिले पनि भारतको सबैभन्दा ठूलो विमान कम्पनी हो, तर अन्य मुलुकका एयरलाइन्सको बजार हिस्सा अधिक छ ।

कोरोना महामारीअघि विदेशी कम्पनीले बढी यात्रु बोक्ने गरेका थिए । यही कारण पनि एयर इन्डियालाई पुरानो चमक फिर्ता ल्याउन सहज नहुने एभियसन दिग्गजहरू बताउँछन् । तर, पनि टाटा ग्रुप एक सफल कम्पनी भएकाले एयर इन्डियाको पुरानो साख फर्काउन सक्ने कतिपयको भनाइ छ ।विशेष गरी युवा यात्रुको माग पूरा गर्न सकेमा मात्र कम्पनी सफल हुने विश्लेषकहरूको भनाइ छ । पछिल्लो समय हवाई यात्रुमा युवा संख्या अत्यधिक छ, त्यसकारण पनि कम्तीमा भारतीय युवाको मन जित्ने कार्य एयर इन्डियाले गर्न सकेमा टाटा सफल हुने देखिन्छ ।

पछिल्लो समय भारतबाट अमेरिकालगायतका देशमा सीधा उडानको माग निकै बढेको छ । एयर इन्डियाले त्यस्तो उडान गरेर मात्र पुग्दैन, यात्रुको मागअनुसार सेवा प्रदान गर्न सक्नुपर्छ । विशेष गरी युवा यात्रुको माग पूरा गर्न सकेमा मात्र कम्पनी सफल हुने विश्लेषकहरूको भनाइ छ । पछिल्लो समय हवाई यात्रुमा युवा संख्या अत्यधिक छ, त्यसकारण पनि कम्तीमा भारतीय युवाको मन जित्ने कार्य एयर इन्डियाले गर्न सकेमा टाटा सफल हुने देखिन्छ ।

एक अध्ययनले अहिले अन्तर्राष्ट्रिय विमानमा ५३ प्रतिशत युवा यात्रु हुने गर्छन् र यो संख्या आगामी पाँच वर्षमा ६० प्रतिशत नाघ्नेछ । तर, एयर इन्डियामा अहिले उपलब्ध सेवा युवा जरुरतलाई पूरा गर्न सक्नेखालको छैन । एयर इन्डियाले युवा यात्रुलाई आकर्षित गर्न मोडर्न, टेक्नोलोजी ड्रिभन, इनोभेटिभ र पर्यावरणप्रति सचेत एयरलाइन्स बन्न सक्नुपर्छ । पुरानो कार्यशैलीबाट एयर इन्डिया पूर्ण रुपमा बाहिर निस्कन सक्नुपर्छ ।

एयरलाइन्सलाई पुरानो शैलीबाट पूर्णतः मुक्त गराउन सक्षम कार्यकारी प्रमुख आवश्यक पर्ने टाटाले बताएको छ । अहिले टाटासँग त्यस्तो अनुहार उपलब्ध छैन । त्यसकारण पनि कम्पनीले बाहिरबाट कार्यकारी प्रमुख ल्याउनुपर्ने कतिपयको भनाइ छ ।

१९८० र १९९० को दशकमा ब्रिटिस एयरवेजको कायापलट भएको थियो । त्यसको श्रेय कोलिन मार्सललाई जान्छ । उनी पनि बेलायत बाहिरका व्यक्ति थिए । उनले कम्पनीका कर्मचारीसँग स्तरीय तालमेल मिलाएर ब्रिटिस एयरवेजको कायापलट गरिदिएका थिए ।

१९८० र १९९० को दशकमा ब्रिटिस एयरवेजको कायापलट भएको थियो । त्यसको श्रेय कोलिन मार्सललाई जान्छ । उनी पनि बेलायत बाहिरका व्यक्ति थिए । उनले कम्पनीका कर्मचारीसँग स्तरीय तालमेल मिलाएर ब्रिटिस एयरवेजको कायापलट गरिदिएका थिए ।१८ हजार करोड भारुमा रतन टाटाले एयर इन्डिया किनेका हुन् । एयर इन्डिया आजभन्दा ६८ वर्षअघि पनि टाटा ग्रुपकै अधिनमा थियो । त्यसबखत एयर इन्डिया टाटा एयरलाइन्स नामबाट सञ्चालित थियो ।

उक्त एयरलाइन्सले पहिलो पटक १५ अक्टोबर १९३२ मा उडान भरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो…